Madhes Khabar
समाचार

चर्को विरोध भएपछि विमान कम्पनीहरूले बुधबारसम्म अधिकतम मूल्यमा टिकट बिक्री नगर्ने

काठमाडौं,१३असोजःचर्को विरोध भएपछि विमान कम्पनीहरूले आउँदो तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् ।

विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायु सेवा सञ्चालक संघको आइतबार बसेको बैठकले अधिकतम मूल्य नलिने निर्णय गरेको हो ।सोमबार, मंगलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको संघका अध्यक्ष मनोज कार्कीले जानकारी दिए ।

हवाई भाडा महँगो भएको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा यात्रुसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका थिए ।

अहिले काठमाडौ जाने मुख्य सडकमार्ग बाढी तथा पहिरोका कारण अबरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प भएको हवाई उडानको भाडादर अस्वाभाविक रूपमा बढेको छ । काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने सबै सडक बन्द भएकाले अत्यावश्यक काम परेकाहरू हवाई यात्रा गर्न बाध्य छन् ।

 

Related posts

डीभीको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ

MadhesKhabar

बारामा नेपाली १ हजारकाे नक्कली नाेटसहित एक जना पक्राउ

MadhesKhabar

मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि साडी, चुरा फ्याकेर प्रदर्शन

MadhesKhabar

Leave a Comment