Madhes Khabar
अन्तरवार्ता अन्तर्राष्ट्रिय अर्थतन्‍त्र कर्णाली प्रदेश कर्पोरेट काेशी प्रदेश कृषि खेलकुद गण्डकी प्रदेश धर्म/संस्कृति पर्यटन प्रदेश प्रवास प्रविधि मधेस प्रदेश मनोरञ्जन राजनीति राशीफल राष्ट्रिय रोचक दुनियाँ लुम्बिनी प्रदेश वाग्मती प्रदेश विचार शिक्षा समाचार समाज सम्पादकीय साहित्य सुदूरपश्चिम प्रदेश स्थानिय स्वास्थ्य हेडलाइन

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

श्याम सर्राफ

पर्सा,  १६ असार
पर्सा प्रहरीले ४० के.जी. लागु औषध गाँजासहित २ जना लाई पक्राउ गरेको छ।

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा हिजो विहान अन्दाजी ०१:०० बजे पटेर्वासुगौली गाउँपालिका वडा नं.२ मकवानी चौरीमा पक्राउ परेका हुन ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले शंकितरुपमा हिडिरहेका २ जना व्यक्तिहरुलाई रोकी जाँच गर्दा निजहरुले आफ्नो पिठ्यूँमा बोकी ल्याएका ३ वटा बोराभित्र लागु औषध गाँजा ४० के.जी. फेला परेको थियो ।

पक्राउ पर्नेमा मकवानपुर राक्सीराङ गाउँपालिका वडा नं.५ ताङराङ टोल बस्ने ४० वर्षिय बिर बहादुर प्रजा र मकवानपुर राक्सीराङ गाउँपालिका वडा नं.५ रानीबाङ टोल बस्ने २० वर्षिय सोमलाल प्रजा रहेका छन।

गाँजा बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Related posts

राैतहटमा बस दुर्घटना : एक युवतीको मृत्युु , ८ जना घाइते

MadhesKhabar

दशैंकाे साताै दिन आज फूलपाती भित्र्याइदै

MadhesKhabar

पानीसिँगडा खेतीबाट गाउँमै मनग्य आम्दानी

MadhesKhabar

Leave a Comment