Madhes Khabar
विचार स्वास्थ्य

साउन महिनामा कस्तो खाना उपयुक्त ?

जावेद अहमद,सेफ
साउन महिनालाई हरियो महिनाको साथ–साथै शाकाहारी महिना भनेर पनि चिनिन्छ । साउन महिनामा धेरैले माछामासु खादैनन् ।कतिपयले सोमबार मात्र खादैनन् ।

साउन मौसममा अत्यधिक गर्मी हुने भएकोले मासुजन्य परिकार लगायत अन्य परिकार चाँडै कुहिने ÷सडने हुन्छ ।यो समयमा मासुमा जीवाणु चाँडै फैलिन्छ । त्यसैले मासुजन्य परिवारको लागि राम्रो हुदैन । माछा अर्थात् समुन्द्रमा पाइने प्रजातिको कुरा गर्ने हो भने पानीमा पाइने जीवहरुको प्रजनन्को महिना हो।प्रजननको समयमा हामीले जीवलाई नष्ट गर्यो भने अर्को बर्षमा उत्पादन घट्छ र विस्तारै लोप हुने सम्भावना हुन्छ।

त्यस्तै हाम्रै समाजमा प्रजननको समयमा कुनै पनि जीवजन्तुलाई खाने चलन छैन। खायो भने पाप लाग्ने विश्वास छ ।त्यसैले पनि साउन महिनालाई शाकाहारी महिना बनाएको हुनसक्छ।शाकाहारी खानाले स्वास्थयमा फुर्तिलोपना आउँछ ।शक्तिशाली र बुद्धिमानी हुन माछामासु नै खानुपर्छ भन्ने धारणा पनि रहेको पाइन्छ ,तर त्यो सरासत गलत हो।

हाम्रो जीवनमा तीन प्रकारको भोजनमध्ये सात्विक भोजन गर्नु राम्रो मानिन्छ। जसले तपाईको पाचन प्रणालीलाई सहयोग पुर्याउँछ । त्यसैले साउन महिनामा दुध, दहीको परिकारहरु बढी खाने चलन छ ।

जस्तै साउन १५ मा खीर खाने चलन नै रहेको छ। हाम्रो संसारमा प्रोटिनको लागि हामीले काजु, बदाम, ओखर र गेडागुडी खाना सक्छौ । यस बेला हामीले सन्तुलित आहारको लागि खानालाई तीन भागमा विभाजन गरेका छौ ।

पहिलो समुह :– चामल,गहुँ, मकै, जौ, फापड र कोदो जस्ता अन्नपर्छन र जमिनमुनि फल्ने आलु, तरुल, पिडालु, कन्दमुल जसमा कार्बोहाइड्रेट प्रचुर मात्रामा हुन्छ।

दोस्रो समुह :– सिमी, भटमास, सानो केराऊ, मसुरको दाल, गेडागुडी तथा दुध जन्य परिकार जस्ता विभिन्न भिटामिन र प्रोटिनको मात्रा बढी हुन्छ ।

तेस्रो समुह :– फलफुल, सागपात र तरकारीहरू पर्छन । यसरी तयार पारिएको सन्तुलित भोजनलाई तपाइले हरेक पटकको खानामा प्रत्येक समुहबाट एक परिकार हुने गरी ग्रहण गर्नु भयो भने तपाईको शरीरलाई फाइदा पुग्छ, तर ध्यान दिनुपर्ने कुरा सागसब्जी पकाउँदा पूर्णरुपले गलाउने गरी पकाउनु हुदैन ।

तपाईले सन्तुलित भोजन ग्रहण गर्नु भयो भने धेरै रोगबाट तपाई बच्नु हुन्छ । नोटः– सन्तुलित भोजन ग्रहण गरौ, स्वस्थ रहौ ।

 

 

Related posts

होप फर ह्युमानिटी फाउन्डेशनको पहलमा धोबिनीका ५५ जनाको गरियो निःशुल्क शल्कृया

MadhesKhabar

३० कराेडकाे एमआरआई मेसिन नारायणी अस्पतालमा अढाई महिनादेखि अलपत्र

MadhesKhabar

कलैया अस्पतालका डाक्टरहरुलाई दुर्व्यवहार गर्ने बाराका सिडिओलाई कारबाही गर्न चिकित्सक संघको माग

MadhesKhabar

Leave a Comment