Madhes Khabar
रोचक दुनियाँ

४१५ रुपैयाँको खानेतेल किनेका गौरीशंकरले जिते १० लाख रुपैयाँ

काठमाडौं,१६ कात्तिकः ४१५ रुपैयाँको सामान किनेका धनुषाका एक युवकले १० लाख रुपैयाँको उपहार जितेका छन् ।

धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले सरकारको करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँको उपहार जितेका हुन् ।

पण्डितले यही कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका थिए । उनले ई–सेवाबाट रकम भुक्तानी गरेका थिए ।सोमबार आन्तरिक राजश्व विभागले विजेताको नाम घोषणा गर्दा पण्डितले १० लाख रुपैयाँ जितेका हुन् ।साभारःअनलाइनखबर

Related posts

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

मधेस : श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

Leave a Comment