Madhes Khabar
अन्तर्राष्ट्रिय मनोरञ्जन

आयो अचम्मको खबर : उपचारपछि बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

काठमाडौं,२६कात्तिक : प्रसिद्ध अभिनेता तथा हिन्दी सिनेमाका ’हीट्–म्यान’ धर्मेन्द्र उपचारपछि बुधबार (आज) अस्पतालबाट डिस्चार्ज भएका छन्। मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारपछि उनी घर फर्किएका हुन्।

धर्मेन्द्रलाई श्वासप्रश्वास र निमोनियाका कारण करिब तीन हप्ताअघि अस्पताल भर्ना गरिएको थियो। ब्रीच क्यान्डीमा धर्मेन्द्रको उपचारमा खटिएको चिकित्सक टोलीका एक डा. प्रीत सम्दानीले बीबीसी हिन्दीलाई बताएअनुसार धर्मेन्द्रलाई बुधबार बिहान ब्रीच क्यान्डी अस्पतालबाट घर लगिएको हो।

यसअघि मंगलबार धर्मेन्द्रकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले मिडियामा उनको ’मृत्यु’ को बारेमा गलत समाचार प्रसारित भएपछि कडा असन्तुष्टि व्यक्त गरेका थिए।

ईशा देओलले मिडिया हतारमा गलत समाचार फैलाइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन्। ’मेरो बुबा स्थिर हुनुहुन्छ र निको भइरहनुभएको छ। उहाँको स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुभएकोमा धन्यवाद,’तर मिडियाहरूले गलत समाचार फैलाइरहेका छन्।’
धर्मेन्द्रकी श्रीमती, अभिनेत्री तथा सांसद हेमा मालिनीले इन्स्टाग्राममा लेखेकी थिइन् , ’जे भइरहेको छ त्यो अक्षम्य छ! जिम्मेवार च्यानलहरूले उपचारमा प्रतिक्रिया दिइरहेको र निको भइरहेको व्यक्तिको बारेमा कसरी गलत समाचार फैलाउन सक्छन्?’

उनले अगाडि लेखेकी थिइन,’यो अत्यन्तै अनादरपूर्ण र गैरजिम्मेवारपूर्ण छ। कृपया परिवार र उनीहरूको गोपनीयताको सम्मान गर्नुहोस्।’

 

Related posts

रमाइलो गर्नेहरुका लागि वीरगन्जमा खुल्यो ‘वाटर पार्क’

MadhesKhabar

अमेरिकन डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा

MadhesKhabar

अक्षय कुमारले बल्ल पाए भारतीय नागरिकता

MadhesKhabar

Leave a Comment