Madhes Khabar
अन्तर्राष्ट्रिय समाचार

बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा तारिक रहमानको आज सपथ


वीरगंज, ५ फागुन: तारिक रहमानले बंगलादेशको प्रधानमन्त्रीको रुपमा आज शपथ ग्रहण गरेका छन् ।  बीएनपीले दुईतिहाइ बहुमत ल्याएपछि अन्तरिम सरकार गठनको १६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न लागिएको हो।

शेख हसिना भारतमा शरणमा रहँदा उनका दललाई प्रतिबन्ध लगाइएको छ भने युनुसले विदाई भाषण गरेका छन्। बंगलादेशको प्रधानमन्त्रीका रुपमा तारिक रहमानले आज सपथ ग्रहण गरेका छन् ।  विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज जननिर्वाचित प्रधानमन्त्री पाउन लागेको हो। बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले दुइ तिहाइ बहुमत ल्याएसँगै रहमान शक्तिसाली प्रधान्मनत्री बन्ने निश्चित भएको थियो।

विद्यार्थी आन्दोलन पछि शेख हसिना भागेर भारत शरणमा रहेकी छिन् भने उनको दल प्रतिबन्धित छ। त्यसपछि नोवेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। उक्त सरकार गठनको १६ महिना पछि निर्वाचित सरकारलाई सत्ता सुम्पिएको हो ।

अन्तरिम सरकारका मुख्य सल्लाहकार युनुसले सोमवार राति आफ्नो विदाई भाषणमा पद छोड्ने घोषणा गरेका थिए।द१२ फेब्रुअरी मा भएको आमनिर्वाचनमा बीएनपी गठबन्धनले २१२ सिट जितेर दुईतिहाइ बहुमत हासिल गरेको थियो। त्यस्तै कट्टर पन्थी पार्टी जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको थियो।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले प्रधानमन्त्रीका रूपमा अध्यक्ष तारिक रहमान सहित मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण समारोह अपराह्न ४ बजेका लागि तय गरिएको जनाइएको छ। उनको सपथमा भारत सहित विभिन्न १३ देशलाइ निमन्त्रणा पठाइएको थियो।

साथै आजै नयाँ संसद सदस्यहरूको शपथ ग्रहण समारोह पनि आयोजना हुँदै छ। मुख्य निर्वाचन आयुक्तले आजै संसद् भवनको साउथ प्लाजामा नव निर्वाचित संसद सदस्यलाई शपथ गराउने कार्यतालिका रहेको जनाइएको छ।

Related posts

भुकम्पको नेपालमा असर : बारामा ११ सहित देशभर १३ जना घाइते

MadhesKhabar

वीरगन्जमा दुई बसमा आगलागी प्रकरणमा एसपी भन्छन् : बसका साहुलाई प्रहरीले पक्रेको छैन

MadhesKhabar

वीरगन्ज आउँदै गरेकाे टाटासुमाे बारामा दुर्घटना हुदाँ १ जनाकाे मृत्यु,८ जना घाइते

MadhesKhabar

Leave a Comment