Madhes Khabar
समाचार

वीरगन्जका एक युवक र दुई भारतीय नागरिक गाँजा, चरेस र अफिमसहित पक्राउ

वीरगन्ज,२८पुसःमकवानपुरमा ठूलो परिमाणमा लागू औषध गाँजा,चरेस र अफिमसहित वीरगन्जका एक युवकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जनामध्ये दुई जना भारतीयपनि छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठराहा सुगौलीका २० वर्षीय राजन राउत कुर्मी १०१ किलो गाँजासहित पक्राउ परेका हुन् । चितवनबाट वीरगन्जतर्फ आउँदै गरेको डिएल १३ सि १५६१ नम्बरको कारलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त कारबाट १०१ केजी गाँजा भेटिएपछि कारमा सवार कुर्मीलाई नियन्त्रणमा लिएको हो ।

यस्तै मकवानपुरकै थाहा नगरपालिका–११ टिस्टुङ नौखण्डेको त्रिभुवन राजपथ सडकखण्डमा चरेस २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिकपनि पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको हरियाणा जिल्लाको ग्राम पंचायत गोविन्द नगर थाना सदर घर भएका २५ वर्षीय कुनाल गोथ्वाल र त्यही ठाउँका न्यु सुवास नगर थाना सदर घर भएका २० वर्षीय मनिस कुमार रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।डिएल ८ सिएक्स १२२४ नम्बरको कारमा लुकाएर चरेस र अफिम ल्याइरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन् ।

 

Related posts

क्रिप्टो करेन्सीको धन्दा चलाउने बाराका दुई युवकसहित चार जना काठमाडौंमा पक्राउ

MadhesKhabar

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ

MadhesKhabar

वीरगन्ज भन्सार अगाडिबाटै तस्करीको १५ लाख बढीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

Leave a Comment