वीरगन्ज,२८पुसःमकवानपुरमा ठूलो परिमाणमा लागू औषध गाँजा,चरेस र अफिमसहित वीरगन्जका एक युवकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जनामध्ये दुई जना भारतीयपनि छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठराहा सुगौलीका २० वर्षीय राजन राउत कुर्मी १०१ किलो गाँजासहित पक्राउ परेका हुन् । चितवनबाट वीरगन्जतर्फ आउँदै गरेको डिएल १३ सि १५६१ नम्बरको कारलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त कारबाट १०१ केजी गाँजा भेटिएपछि कारमा सवार कुर्मीलाई नियन्त्रणमा लिएको हो ।
यस्तै मकवानपुरकै थाहा नगरपालिका–११ टिस्टुङ नौखण्डेको त्रिभुवन राजपथ सडकखण्डमा चरेस २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिकपनि पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको हरियाणा जिल्लाको ग्राम पंचायत गोविन्द नगर थाना सदर घर भएका २५ वर्षीय कुनाल गोथ्वाल र त्यही ठाउँका न्यु सुवास नगर थाना सदर घर भएका २० वर्षीय मनिस कुमार रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।डिएल ८ सिएक्स १२२४ नम्बरको कारमा लुकाएर चरेस र अफिम ल्याइरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन् ।

