Madhes Khabar
समाचार

‘पेस्तोल डान्स’ को भिडियाे भाइरल भएपछि जसपा नेतृ यादवले भनिन् : खेलौना बन्दुक हो

काठमाडौं,१८बैशाख:पेस्तोल डान्सको भिडियाे भाइरल भएपछि जसपा नेपालकी नेतृ डा. बबी सिंह यादवले खेलौना बन्दुक भएको स्पष्टीकरण दिएकी छन् ।

एक विवाह समारोहमा आफूले रेन्जर टोय नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित बनाइएको उनको भनाई छ ।

उनले भनेकी छन्, ‘केहि समय यता सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । एक वैवाहिक समारोहकाबीच मैले रेन्जर टोय नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनहुन यहाँ सम्पूर्णमा अनुरोध एवं आग्रह गर्दछु ।’

साथै उनले सो भिडियो नितान्त मनोरञ्जनात्मक मात्रै भएको बताएकी छन् ।

Related posts

पर्साका कांग्रेस नेता द्धिवेदी भन्छन् : म रास्वपामा गएको छैन, कांग्रेसमै छु,प्रायोजित हल्लाको भ्रममा नपर्नु होला

MadhesKhabar

पर्सा: सडकमा ह्युमपाइप राख्न खनिएको खाल्डाेमा माेटरसाइकल खस्दा एक युवकको मृत्युु

MadhesKhabar

तस्करीको आशंकामा करिब २ करोडको सामानसहितको दुई वटा ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

MadhesKhabar

Leave a Comment