Madhes Khabar
साहित्य हेडलाइन

अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा भोजपुरी प्रतिष्ठान वीरगन्जद्वारा कवि गोष्ठी सम्पन्न

वीरगन्ज,९फागुनः अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा शनिबार भोजपुरी प्रतिष्ठान वीरगन्जद्वारा कवि गोष्ठी सम्पन्न भएको छ।

वीरगन्ज–८ स्थित प्रतिष्ठानकै कार्यालयमा आयोजित कवि गोष्ठीको उद्घाटन वरिष्ठ लेखक प्रमोद पाण्डेयले गरेका थिए । प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा आयोजित कवि गोष्ठीमा छोटेलाल साह,शिवनन्दन जैसवाल,राकेश यादव, अनिशकान्त कुशवाहा, लिला साह, अस्मिता पटेल, अनु मेहता, माधुरी महतो लगायत साहित्यप्रेमी तथा स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतिष्ठानका सदस्य अमोद गुप्ताले स्वागत मन्तव्य व्यक्त गर्दै मातृभाषाको संरक्षण आजको आवश्यकता भएको धारणा राखेका थिए।

श्याम सर्राफले सञ्चालन गरेको कवि गोष्ठीमा सहभागी कवि तथा साहित्यकारहरूले भोजपुरी भाषामा रचना वाचन गर्दै मातृभाषाप्रति प्रेम, सामाजिक चेतना र सांस्कृतिक पहिचानलाई उजागर गरेका थिए।

Related posts

दसैं अवधिमा पर्सामा २२ सवारी दुर्घटना , दुईकाे मृत्यु ,३८ घाइते

MadhesKhabar

सुहाउँदो जोडी खोज्ने अभियान सहित वीरगंजमा खुल्यो हाम्रो विवाह डट कम

MadhesKhabar

आपसी भाइचारा बढाउन वीरगन्ज महानगरकाे आयाेजनामा संयुक्त इफ्तारी सम्पन्न

MadhesKhabar

Leave a Comment