Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी आर्जु र सचिवमा नेविसंघकी मन्दिरा विजयी

वीरगन्ज,९चैतःवीरगन्जस्थित वीरगन्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी आर्जु राय विजयी भएकी छन् । शनिबार दिउँसोदेखि सुरु भई साँझ सकिएको पुनमतगणनाको अन्तिम परिणाम अनुसार, सभापतिमा राय विजयी भएकी हुन् । सभापतिमा विजयी रायले १०३ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी नेविसंघकी दियान्सु श्रेष्ठले ९५ मत प्राप्त गरिन् । यस्तै अखिल क्रान्तिकारीबाट सभापतिकी उम्मेदवार कबिता आचार्यले भने ७२ मत प्राप्त गरिन् ।

यस्तै सचिवमा भने नेविसंघकी मन्दिरा चिमोरिया विजयी भएकी छन् ।चिमोरिया १०४ मतका साथ विजयी भएकी हुन् । उनकि निकटतम प्रतिस्पर्धी अनेरास्ववियुकी शीलाकुमारी चौहानले ९६ मत प्राप्त गरिन् भने अखिल क्रान्तिकारीकी सचिवकी उम्मेदवार सरस्वती श्रेष्ठले ६६मत प्राप्त गरिन् ।

कोषाध्यक्षमा अनेरास्ववियुकी आसिका पौड्याल ११५ मतका साथ निर्वाचित हुदाँ उनकी निकटतम प्रतिस्पर्धी नेविसंघकी रमिता कुमारी साहले ८५ मत पाइन् । अखिल क्रान्तिकारीका तर्फबाट कोषाध्यक्षकी उम्मेदवार अन्जु सुनारले भने ६९ मत मात्रै पाइन् ।

यस्तै प्रत्यक्षतर्फका ५ जनै सदस्यमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । प्रत्यक्षतर्फका सदस्यहरुमा अनेरास्ववियुका यशोदा विष्ट,सुनिता श्रेष्ठ,विशेषता शाही ठकुरी , प्रदिल घिसिङ र चाँदनी यादव विजयी भएका छन् ।

वीरगन्ज नर्सिङ क्याम्पसमा गत मंगलबार भएको निर्वाचनमा कूल २७३ मतमध्ये २७२ मत खसेको थियो । मंगलबार बेलुकीदेखि नै मतगणना शुरु भएको थियो । तर २२० मत गनिसकेको अवस्थामा नेविसंघ र अखिल क्रान्तिकारीले मतगणनाका क्रममा निर्वाचन समितिले अनेरास्ववियुका उम्मेदवारलाई जिताउन चलेखल गरेको भन्दै विवाद गरेपछि मतगणना स्थगीत गरिएको थियो ।

नेविसंघ र अखिल क्रान्तिकारीले मततणना फेरि सुरुदेखि नै गर्नुपर्ने माग राखेका थिए भने अनेरास्ववियुले भने रोकिएको अवस्थाबाट मतगणनालाई सुचारु गर्नुपर्ने माग राखेको थियो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको रोहबरमा बसेको बैठकमा मतगणना फेरि सुरुदेखि नै गर्ने सहमति भएपछि शनिबार दिउँसोदेखि पुन मतगणना गरिएको हो ।

 

Related posts

वीरगन्जमा जसपाको केन्द्रिय बैठक सम्पन्न : चैतमा संघीय परिषद् भेला काठमाडौंमा गर्ने निर्णय

MadhesKhabar

बारा-पर्सामा नेपाली नक्कली नाेटकाे काराेबार गर्ने गिराेह पक्राउ

MadhesKhabar

उर्मिला अर्यालले त्यागिन् माओवादी पार्टी

MadhesKhabar

Leave a Comment