Madhes Khabar
अन्तर्राष्ट्रिय

बिहारमा भाजपाबाट पहिलो मुख्यमन्त्री बनेका सम्राट चौधरीले लिए शपथ

काठमाडौं,२ वैशाखः सम्राट चौधरीले बिहारको २४ औँ मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् । यो सँगै उनी बिहारमा भारतीय जनता पार्टी (भाजपा) बाट मुख्यमन्त्री बन्ने पहिलो नेता बनेका हुन्। राज्यपाल अता हसनैनले उनलाई बुधबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

नीतीश कुमारको राजीनामापछि बिहारमा नयाँ सरकार गठन भएको हो। सम्राट चौधरीसँगै जनता दल युनाइटेड (जदयू) का नेताहरू बिजेंद्र यादव र विजय कुमार चौधरीले उपमुख्यमन्त्रीको रूपमा शपथ लिए।

मंगलबार अर्थात् १४ अप्रिलमा भाजपा विधायक दलको नेता चुनिएपछि सम्राट चौधरीले राज्यपाल समक्ष सरकार गठनको दाबी पेश गरेका थिए । शपथ ग्रहण समारोहमा एनडीएआबद्ध विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। शपथ लिनुअघि चौधरीले पटनाको पंचरूप हनुमान मन्दिर पुगेर पूजा–अर्चना गरेका थिए ।

मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नीतीश कुमारले सामाजिक सञ्जालमार्फत बिहारको विकासमा आफूले धेरै काम गरेको उल्लेख गर्दै भने,’मैले मुख्यमन्त्री पद छोड्ने निर्णय गरेको छु र राज्यपाललाई राजीनामा बुझाएको छु। अब बन्ने नयाँ सरकारलाई मेरो पूर्ण सहयोग र मार्गदर्शन रहनेछ।’

हाल बिहार विधानसभामा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन सँग २०२ सदस्यहरूको समर्थन रहेको छ। अब सम्राट चौधरीको नेतृत्वमा नयाँ सरकारले राज्यको कार्यभार सम्हाल्नेछ।

 

Related posts

बाराको सिमावर्ती घोडासहनमा प्रहरीसंगकाे भिडन्तमा दुई डाँकाको मृत्यु

MadhesKhabar

दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा कुन देशका कति नागरिक थिए ?

MadhesKhabar

एनआरएनए न्युयोर्कको सचिवमा अधिकारीको उम्मेदवारी

MadhesKhabar

Leave a Comment