Madhes Khabar
अन्तर्राष्ट्रिय

दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा कुन देशका कति नागरिक थिए ?

काठमाडौं,२९जेठःभारतको गुजरातमा रहेको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बिहीबार एयर इन्डियाको विमान दुर्घटनामा परेको छ ।२ सय ४२ जना बोकेर अहमदाबादको मेघानी शहरमा रहेको विमानस्थलबाट बेलायतको लन्डन जान लागेको एअर इन्डियाको उडान नम्बर एआई १७१ विमान दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको छ ।

बोइङ ७८७–८ विमानले उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको सञ्चारमाध्यमले जनाएका छन् ।भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज अहमद किदवईले समाचार एजेन्सी एपीसँग कुराकानी गर्दै एअर इन्डियाको विमान मेघानी नगर भनिने एक आवासीय क्षेत्रमा खसेको बताएका छन् ।दुर्घटनाग्रस्त विमानमा २ सय ३२ यात्रु, २ चालक र १० क्याबिन क्रु सदस्य रहेका एअर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा जानकारी दिएको छ ।

विमानमा रहेकामध्ये १ सय ६९ जना भारतका, ५३ जना बेलायतका, सात जना पोर्चुगलका र एक जना क्यानडाका रहेका खबरमा उल्लेख छ ।दुर्घटनामा घाइते भएकाहरूलाई नजिकको अस्पतालमा लगिएको छ । एअर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनामा सबै जना स्तब्ध र दुःखी भएको बताएका छन्। यो दुर्घटना हृदयविदारक र शब्दमा वर्णन गर्न नसकिने रहेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

Related posts

उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किंदा ३६ मजदुर फसे

MadhesKhabar

आईफाेन किन्न आमाबुवाले बेचे आठ महिनाकाे बच्चा

MadhesKhabar

नेपाललाई भारतले ७ सय करोड भारु अनुदान दिने

MadhesKhabar

Leave a Comment