
वीरगन्ज,२४चैतः सरकारले निर्माणाधिन काठमाडौं–तराई मधेस द्रुतमार्गमा पर्ने झण्डै १९ हजार बढी रुख काट्न अनुमति दिएको छ ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले निर्माणाधिन काठमाडौं–तराई मधेस द्रुतमार्गमा पर्ने १८ हजार ९९८ वटा रुख काट्न अनुमति दिने निर्णय गरेको हो ।
काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणका लागि काठमाडौं, ललितपुर र मकवानपुरका विभिन्न वन क्षेत्रको कुल ४६.३९ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णयपनि मन्त्रिपरिषद बैठकले गर्दै त्यस क्षेत्रमा पर्ने १८ हजार ८९८ वटा रुख काट्न अनुमति दिने निर्णय पनि गरेको बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।

