Madhes Khabar
कृषि धर्म/संस्कृति रोचक दुनियाँ

मधेसमा भगवानसंग पानी माग्ने अनौंठो चलन : महिलाहरुले सांसदलाई पक्राउ गरेर हली बनाए

सर्लाही,१३साउनःसर्लाही क्षेत्र निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेस प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मंगलबार प्रहरीको भेषमा आएका महिलाहरुले पक्राउ गरे।

त्यसपछि उनीहरूलाई गाउँलेले हलो जोत्न लगाए। अझ रोचक त महिलाहरू नै हल गोरु बनेर हलो तानेका थिए।मधेसमा खडेरीले लामो समयदेखि वर्षा नहुँदा ईश्वरपुर नगरपालिका–९ रामनगरका स्थानीयवासीले जनप्रतिनिधिलाई पक्राउ गरेर हली बनाएका हुन्।

यो स्थानीयले कुनै कारबाही गरेको वा जबरजस्ती गरेको भने होइन। स्थानीय थारू समुदायमा लामो समयसम्म पानी नपर्दा गाउँका महाजन, पटवारी र मुखियाजस्ता गन्यमान्यलाई त्यसरी पक्राउ गरी हलो जोत्न लगाउने प्राचीन परम्परा हो। थारु समुदायमा पूजा गरेपछि इन्द्र देवता खुसी हुने र पानी पर्ने विश्वास छ। खडेरी पर्दा स्थानीयले सांसद मात्र होइन, वडा अध्यक्षलगायतका गन्यमान्यलाई समेत हली बनाएर रोपाइँको नक्कलको अभ्यास गराएका थिए।

महिलाहरूले दुवै सांसदलाई घरबाटै पक्राउ गरेर खेतमा पु¥याएका थिए। हलो जोत्ने क्रममा हलीको भूमिकामा रहेका जनप्रतिनिधिलाई गोरुको भूमिकामा जुवामा नारिएका महिलाले गोरुले झैँ लात्तीले हिर्काउने र रनफन पारेको सांसद चौधरीले बताए।

मधेस प्रदेशमा लामो समयदेखि वर्षा कम हुँदा सुक्खापन बढेर धान रोपाइँ प्रभावित भएको छ। ‘गएराति परेको हल्का वर्षाले कृषकलाई केही राहत पुगे पनि रोपाइँका लागि मनसुन अनुकूल नहुँदा बीउ डढेको र रोपिएका धानका रोपो चिराचिरा परिसकेको छ,’ सांसद चौधरीले भने।

कृषि विभागले यही साउन ११ गतेसम्म गत वर्षको तुलनामा सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको जनाएको छ। विभागका अनुसार गत वर्षको तुलनामा मधेस प्रदेशमा यस वर्ष ४०.१८ प्रतिशत कम रोपाइँ भएको छ। गत वर्ष यस अवधिमा ९२ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष ५१.८२ प्रतिशत मात्र रोपाइँ भएको हो। मधेस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुनेमा हालसम्म एक लाख ९३ हजार ११६.११ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। साभारः नागरिक

Related posts

दिपावली र छठका लागि वीरगन्जमा माटाका भाँडा र दियोको व्यपार (फोटो फिचर)

MadhesKhabar

जनकपुरमा मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्री सिंहको चेतावनी

MadhesKhabar

कलैयामा बाह्मण समाजको नगर अधिवेशन सम्पन्न, अध्यक्षमा राजेश तिवारी चयन

MadhesKhabar

Leave a Comment