Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमा पनि धुमधामका साथ मनाइयो २५६८ औं बुद्ध जयन्ति

वीरगन्ज,१०जेष्ठःशान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम बुद्धको २५६८ औं जयन्ती, बिहीबार वीरगन्जमापनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप हरेक बर्ष जेष्ठ १० गते बुद्ध जयन्ति मनाउने गरिन्छ ।

भगवान् गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति, मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, बिहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्ने गर्दछन् ।

यसैबिच वीरगन्जमापनि बिहीबार बुद्ध जयन्तिका अवसरमा बिहान झाँकीसहित शान्ति पदयात्रा निकालिएको थियो ।माईस्थान चोकबाट सुरु भएको शान्ति पदयात्रा नगरको परिक्रमा गर्दै वीरगन्ज–१५ भिस्वा डाँडास्थित भिस्वा बिहारमा पुगेर समापन भएको थियो । शान्ति पद यात्रामा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, मधेस विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर दीपक शाक्य, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल लगायतकोपनि सहभागीता थियो ।

शान्ति पदयात्रापछि भिस्वा बिहारमा भव्य पूजा आराधना गरि भक्तजनहरुलाई प्रसाद वितरणपनि गरिएको वीरगन्ज बौद्ध समितिका अध्यक्ष समेत रहेका प्राध्यापक डाक्टर दीपक शाक्यले जानकारी दिए । बिहीबारनै साँझ भिस्वा डाँडास्थित बौद्ध बिहारमा दीप प्रज्वलन गर्ने कार्यक्रमपनि रहेको उनले बताए ।

 

Related posts

पर्यटन विकास कार्यालय प्रमुख जयसवालको इगोका कारण भाथाधाम मन्दिरको भुक्तानी रोकियो

MadhesKhabar

वीरगन्जमा चैती छठका लागि किनमेल गर्नेहरुको चहल पहल (फोटो फिचर)

MadhesKhabar

राम मन्दिर उद्घाटनका दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिन माग

MadhesKhabar

Leave a Comment