Madhes Khabar
साहित्य

भोजपुरी प्रतिष्ठान वीरगन्जद्वारा नेपाल र भारतका साहित्यकार र कलाकारहरु सम्मानित

वीरगन्ज,५ वैशाखः भोजपुरी भाषा,साहित्य, कला र सस्ंकृतिको विकासमा योगदान गरेका नेपाल र भारतका साहित्यका र कलाकारहरुलाई वीरगन्जमा पुरस्कृत गर्दै सम्मनित गरिएको छ ।वीरगन्ज महानगरपालिकाद्वारा स्थापित भोजपुरी प्रतिष्ठान वीरगन्जले शनिबार एक कार्यक्रमको आयोजना गरेर नेपाल र भारतका साहित्यकार र कलाकारलाई पुरस्कृत गर्दै सम्मानित गरेको हो ।

कार्यक्रममा ‘पण्डित दीपनारायण मिश्र अन्तराष्ट्रीय पुरस्कार–२०८२ ’ बाट भारतको झारखण्ड राज्यकाो राँची निवासी भोजपपुरी भाषका साहित्यकार कनक किशोरलाई प्रदान गरियो । ‘उमाशंकर द्विवेदी राष्ट्रिय पुरस्कार–२०८२’ बाराको कलैया उपमहानगरपालिका निवासी साहित्यकार राम प्रसाद साहलाई र ‘भोजपुरी राष्ट्रिय प्रतिभा पुरस्कार–२०८२’ वीरगन्जका डा. शशीभूषण बर्णवाल प्रदान गरियो ।

 

त्यस्तै ‘भोजपुरी प्रतिष्ठान प्रतिभा पुरस्कार’बाट डा. शशिभूषण साह, मोतिउर रहमान, विक्रम साह, प्रतिमा चौधरी, गणेश परियार र लालमुनि देवीलाई जनही ११ हजार रुपैयाँ नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको थियो। ‘भोजपुरी प्रतिष्ठान प्रोत्साहन पुरस्कार’ रोशन कुमार कलवारलाई नगद ११ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित प्रदान गरिएको प्रतिष्ठानका सदस्य अजय चौरसियाले जानकारी दिए।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहदले ती सबै स्रष्टाहरुलाई दोशल्ला ओढाएर कदरपत्र र नगद राशीसहितको पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले भाषा र संस्कृतिको संरक्षणमा महानगरपालिका सदैव सकारात्मक रहेको बताए। उनले भोजपुरी प्रतिष्ठानका लागि ठूला योजनासहित अगाडि बढेको उल्लेख गर्दै आगामी दिनमा प्रतिष्ठानका लागि भौतिक संरचना व्यवस्थापनतर्फ समेत काम गरिने बताए।

सम्मानित व्यक्तित्वहरूले आफूहरूलाई सम्मानित गरिएकोमा गर्व महसुस भएको बताउँदै उनले ओझेलमा परेका भाषा–संस्कृतिका साधकहरूलाई खोजेर सम्मान गर्ने कार्य सराहनीय रहेको प्रतिक्रिया दिए।

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले तराई–मधेस क्षेत्रमा भोजपुरी भाषाको विशेष महत्व रहेको उल्लेख गर्दै एकअर्काको भाषा, संस्कृति र पहिचानको संरक्षणमा लाग्नु महत्वपूर्ण कार्य भएको बताए। नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले प्रतिष्ठानको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गरे।

भोजपुरी भाषा, साहित्य, कला तथाा संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा योगदान दिएका स्रष्टाहरुलाई प्रतिष्ठानले पुरस्कृत गर्दै सम्मानित गरेको प्रतिष्ठानकी अध्यक्ष अनिता साहले बताइन् ।

कार्यक्रममा विभिन्न स्थानका साहित्यकार, सर्जक, कवि, लेखक, पत्रकार, संघसंस्थाका प्रतिनिधि तथा वीरगंज महानगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। पत्रकार माधुरी महतोले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

 

 

Related posts

गर्मीले विद्यार्थीहरु बेहोस हुन थालेपछि कलैया उपमहानगरका विद्यालयहरु ३ दिनका लागि बन्द

MadhesKhabar

चिल्ड्रेन पार्कको अतिक्रमित संरचना हटाउन फेरि सुरु

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment