Madhes Khabar
साहित्य

चिल्ड्रेन पार्कको अतिक्रमित संरचना हटाउन फेरि सुरु

वीरगन्ज, ७ असार : वीरगन्ज महानगरपालिकाले माईराम पोखरी (चिल्डे«न पार्क) को पश्चिमतर्फ अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउने कार्र्य फेरि सुरु गरेको छ ।

चिल्ड्रेन  पार्क निर्माण गरिएको स्थानमा गरिएको अतिक्रमण महानगरले गत फागुन १६ गतेबाट हटाउन थालेकोमा केहि दिन रोकिएको थियो ।बिहीबारबाट फेरि महानगरले अतिक्रमण गरिएका संरचना डोजर लगाएर हटाउन थालेको हो । यस अघि महानगरले पार्कको पूर्वतर्फको अतिक्रमित संरचना हटाएको थियो ।गएको फागुन १६ गतेबाट अतिक्रमण हटाउन थालेको महानगरले अतिक्रमित संरचना हटाउन विभिन्न समयमा डोजर चलाउँदै आएको छ ।

अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन स्थानीयले पटक पटक समय मागे पनि मागेको समयमा संरचना नहटाएपछि बिहीबारबाट पुनः डोजर लगाएर हटाउन लागिएको हो ।बिहीबार ३ वटा संरचना डोजर लगाएर हटाइएको महानगरपालिकाको भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजकसमेत रहनुभएका वडा नम्वर ५ का वडाध्यक्ष प्रदीप कुमार चौरसियाले बताए ।महानगरले अतिक्रमण हटाउन नापजाँच गरेर चिह्न लगाइसकेको छ ।

महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा अहिले महानगरका ३२ वटै वडामा अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउनुका साथै सार्वजनिक ऐलानी जग्गा खोजी गर्ने क्रम जारी रहेको छ ।

Related posts

बचतकर्ताको रकम हिनामिना गर्ने सानो पाइला सहकारीमा वीरगन्ज महानगरको शिलबन्दी

MadhesKhabar

अन्तर्राष्ट्रिय युवा दिवसको अवससरमा बिपिसी कलेजद्वारा चार युवा सम्मानित

MadhesKhabar

अदालतले सजाय तोकेका अभियुक्तहरु गाँउमै खुलेयाम घुमिरहदाँ पनि प्रहरीले गरेन पक्राउ

MadhesKhabar

Leave a Comment