प्रमोद यादव
पर्सा, ६ साउन : लागु औषध गाँजाको मुद्धामा अदालतबाट दोषी ठहर भई फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले चासो नलिएको स्थानीयले आरोप लगाएका छन् ।
पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ३ सोनवर्षामा एक वर्षपहिले जैनुल होदाको घर नजिकैबाट २९ किलो गाजा सहित घरधनी जैनुल होदा र मकवानपुरको रक्सीरांग गाउँपालिका वडा नंबर ३ का रामजी थिंग पक्राउ परेका थिए । तर त्यहि मुद्धामा संलग्न वडा नंबर ३ का अकलेश गिरी र मनोज गिरी अदालतबाट दोषी ठहर भएपछि फरार रहदै आएकोमा हाल भारतबाट आएर पुनः गाउँमा बसीरहेका छन् ।
फरार अभियुक्तहरु घरमै आइ बसेको र गाँउमा खुलेयाम घुमीरहदाँ पनि उनिहरुलार्ई पक्राउ गर्न प्रहरीले चासो नै नलिएको स्थानीयवासीले बताए । केहि समय फरार भएर फेरि गाँउ फर्किएका ती दुवै जनाले अहिले फेरि लागु औषधको तस्करीको काम गरिरहेकोपनि स्थानीयले बताएका छन् ।प्रहरीकै संरक्षण पाएका उनिहरु पक्राउ नपर्दा उनीहरुको मनोबल बढेकोले र यसले समाजमसमेत नकरात्मक असर परेको स्थानीयको भनाई छ ।
पर्साका प्रहरी उपरीक्षक कोमल शाहले भने फरार अभियुक्तहरुलाई पक्राउ गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको लदाबी गरे । तर स्थानीयवासीले भने फरार भएका अभियुक्तहरुलाइफत्राउ गर्न उनिहरुको घरमा अहिलेसम्म कोहिपनि प्रहरी नआएको बताएका छन् ।