Madhes Khabar
साहित्य

साहित्यिक चौतारीको वार्षिकोत्सव: वीरगन्जमा रचना वाचन तथा शुभकामना आदानप्रदान

वीरगन्ज , २८ माघ : साहित्यिक चौतारी नेपालको नवौँ वार्षिकोत्सव वीरगन्जमा पनि मनाइएको छ । साहित्यिक चौतारी नेपाल मधेस प्रदेश शाखाले शनिबार वीरगन्जमा शुभकामना आदानप्रदान तथा रचनावाचन कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।

शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारीले साहित्यिक चौतारी साहित्यिक संस्था मात्रै नभएर सुख एवम् दुख बिसाउने सामाजिक चौतारी पनि भएको बताइन् ।

संस्थाको स्थापना, उद्देश्य र संस्थाले गरेका गतिविधिका बारेमा प्रकाश पार्दै उनले स्थापना दिवसकै अवसरमा थपिएको अमेरिका शाखासहित अहिलेसम्म देश र विदेश गरी ३५ वटा शाखासम्म बिस्तार गर्न सफल भएको खुशीको खबर सुनाइन् ।

अग्रज साहित्यकारको सम्मानसँगै नयाँलाई प्रोत्साहन एवम् प्रशिक्षण गर्ने काम पनि संस्थाले गर्दै आएको बताउँदै आगामी दिनमा पनि साहित्यिक कार्यक्रमलाई निरन्तरता दिने भण्डारीले बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै भोजपुरी प्रतिष्ठान नेपालका अध्यक्ष उमाशंकर द्विवेदीले साहित्य समाजको दर्पण भएको बताए । साहित्यमार्फत समाजको यथार्थलाई चित्रण गरी विकृति बिसंगतीको चिरफार र संस्कृतिको संरक्षण एवम् प्रबद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । साथै विश्व व्यापीकरणका लागि अनुवादको आवश्यक्ता औँल्याउँदै उनले नेपाली प्रसिद्ध कथाहरुलाई आफुले भोजपुरीमा अनुवाद गरेको जानकारी पनि दिए ।

कार्यक्रममा नारायणी वाङ्मय प्रतिष्ठानका महासचिव एवम् लक्ष्मी साहित्य समाजका अध्यक्ष महेशचन्द्र गौतम, गीतकार तथा संगीतकार अजमत अली, युवा साहित्यकार दिलिपराज कार्की, साहित्यकार मोतिउर रहमान, राम क्षेत्री पण्डित, आमोद गुप्ता, सुशिला भण्डारी, सीता पन्ती शर्मा, सुबास ठाकुर, वैद्य पिआर बाबा लगायतले रचना वाचन गरेका थिए ।

कार्यक्रममा संगीतकार गणेश परियार, नारायणी वाङ्मय प्रतिष्ठानकी कोषाध्यक्ष कविता खड्का, अखिल पटेल, रिता खड्की, चिन्तामणी घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण साहित्यिक चौतारी नेपाल मधेस प्रदेशका सचिव सूर्य शुभचिन्तकले गरेका थिए ।

Related posts

गर्मीले विद्यार्थीहरु बेहोस हुन थालेपछि कलैया उपमहानगरका विद्यालयहरु ३ दिनका लागि बन्द

MadhesKhabar

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

अन्तर्राष्ट्रिय युवा दिवसको अवससरमा बिपिसी कलेजद्वारा चार युवा सम्मानित

MadhesKhabar

Leave a Comment