Madhes Khabar
शिक्षा साहित्य

गर्मीले विद्यार्थीहरु बेहोस हुन थालेपछि कलैया उपमहानगरका विद्यालयहरु ३ दिनका लागि बन्द

बारा,२७जेठ:बाराकाे कलैया उपमहानगरपालिकामा रहेका विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको छ।केही दिन यता ह्वात्तै बढ्दै गएकोअत्याधिक गर्मीका कारण विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यमा असर देखिन थालेकाे र केही विद्यालयमा विद्यार्थीहरु बेहोस हुन थालेपछि उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेकाे हाे।

उपमहानगरपालिकाकाे शिक्षा समितिको सिफारिसमा उपमहानगरपालिकाले जेठ२८ गतेदेखि जेठ ३० गतेसम्म तीन दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेकाे नगर शिक्षा शाखा प्रमुख राजिव कुमार यादवद्वारा जारी सूचनामा उल्लेख छ।

Related posts

निजी विद्यालयको स्तर वर्गीकरण तथा शुल्क निर्धारण नगर्न महानगरलाई अदालतबाट उत्प्रेषण आदेश जारी

MadhesKhabar

बाराका दुई सरकारी विद्यालयमा १६० जना विद्यार्थीहरुलाई साईकल वितरण

MadhesKhabar

माध्यमिक शिक्षक युनियन पर्साकाे अध्यक्षमा सन्ताेष सिंह सर्वसम्मत चयन

MadhesKhabar

Leave a Comment