Madhes Khabar
साहित्य

भोजपुरी प्रतिष्ठान वीरगन्जको उदाहरणीय काम:कबीर जयन्तीमा बालप्रतिभालाई सम्मान

वीरगन्ज,२८जेठ:वीरगन्ज महानगरपालिका अन्तर्गतको भोजपुरी प्रतिष्ठान वीरगन्जले यस वर्षको कबीर जयन्ती तथा विश्व भोजपुरी दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आदर्शनगरस्थित आमाको माया छात्रावासमा रहेका बालबालिकासँग मनाएको छ।

कार्यक्रममा शैक्षिक सामग्री वितरण, कविता वाचन, तथा बालबालिकाका लागि खाजाको व्यवस्था गरिएको थियो। कार्यक्रममा सहभागी कवि तथा वक्ताहरूले सन्त कबीर दासका प्रेरणादायी दोहाहरू प्रस्तुत गर्दै उनको सरल, सत्यनिष्ठ र समाजप्रेमी व्यक्तित्वबारे चर्चा गरे। उनीहरूले जीवनमा कबीरदासजस्तै सरल, निडर र सत्यवादी बन्ने प्रेरणा दिन आग्रह गरे।

भोजपुरी प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार द्वय प्रमोद पाण्डे र दिनेश गुप्ता, साथै नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी विशेष अतिथिका रूपमा सहभागी थिए ।

कविता वाचनपछि छात्रावासका बालबालिकाले पहिलो पटक भोजपुरी भाषामा राष्ट्रभक्ति गीत प्रस्तुत गर्दै सम्पूर्ण उपस्थितलाई भावविभोर बनाएका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष साहले बालबालिकाको प्रतिभाको प्रशंसा गर्दै प्रतिष्ठानको तर्फबाट गायनमा रुचि भएका बालबालिकाका लागि प्रशिक्षणको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

छात्रावासको सभाहलमा सम्पन्न कार्यक्रममा कवियत्री अस्मिता पटेल, समाजसेवी शिवम केडिया, प्रतिष्ठानका सदस्य सचिव अमित अग्रवाल, सदस्य अजय चौरसिया, अमोद गुप्ता, छोटु राज, तथा अन्य स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन श्याम सर्राफले गरेका थिए ।

Related posts

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

वीरगन्जमा भानु जयन्ति : भानुभक्तको शालीकमा मेयर सिंहले गरे माल्यार्पण,स्रष्टाहरु सम्मानित

MadhesKhabar

Leave a Comment