Madhes Khabar
स्थानिय

दीपावलीको राति वीरगन्जको इनर्वामा आगलागी हुदाँ लाखौंको क्षति

वीरगन्ज,२३ कात्तिक : पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा दीपावलीका राति (आइतबारराति) आगलागी हुदाँ फुसका तीन वटा गोठ जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार, आइतबार मध्यरातमा इनर्वामा स्थानीय शम्भु यादव, प्रभु यादव र महिन्द्र पासवानको फुसको गोठमा आगलागी भएको हो ।

जस्तापाता र खरको छाना भएको गोठमा राति विद्युतको तार सर्ट भएर आगलागी हुदाँ तीनवटै गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी वीरगन्ज महानगरपालिकाको वारुण यन्त्रको मदतमा स्थानीयवासी र प्रहरीले मिलेर निभाएका थिए ।
उक्त आगलागीमा परी दुई वटा गोरु, २ वटा पाठा जलेर घाइते भएको प्रहरीले जनाएको छ । आगलागीबाट अन्दाजी ५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

राष्ट्रपतिको राजिनामा माग्दै वीरगन्जमा वाइसियलको प्रदर्शन

MadhesKhabar

वीरगन्ज महानगरको पूर्वाधार विकास समितिको संयोजकमा मनोज यादव

MadhesKhabar

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

MadhesKhabar

Leave a Comment