Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरको पूर्वाधार विकास समितिको संयोजकमा मनोज यादव

वीरगन्ज,४ भदौं : वीरगन्ज महानगरपालिकाको योजना तथा पूर्वाधार विकास समितिको संयोजकको जिम्मेवारी मनोज यादवले पाएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष समेत रहेका यादवलाई वीरगन्ज महानगरपालिकाको नगरकार्यपालिकाले योजना तथा पूर्वाधार विकास समितिको संयोजकको जिम्मेवारी दिएको हो ।

जनता समाजवादी पार्टी(जसपां) बाट वडाध्यक्षमा निर्वाचित भएका यादवलाई महानगरपालिकाका मेयर राजेशमान सिंहले समितिको संयोजकमा मनोनित गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १४ बमोजिम समितिको संयोजकमा यादवलाई मनोनित गरिएको मेयर सिंहले यादवलाई प्रदान गरेको पत्रमा उल्लेख छ ।

Related posts

जथाभावी फोहोर फाल्नेमाथि वीरगन्ज महानगरले सार्वजनिक मुद्दा पनि चलाउने

MadhesKhabar

जगरनाथपुर गाँउपालिकामा वृक्षारोपण निरन्तर : पिडारीको ८ बिघा ऐलानी जग्गामा रोपियो विरुवा

MadhesKhabar

पर्सा: उपभोक्ता समितिकाे बदमासीले ओरिया खाेलाकाे झाेलुंगे पुल चार वर्षदेखि अलपत्र

MadhesKhabar

Leave a Comment