Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे मधुबनीमा पटाका पड्काउने क्रममा एक बालकको मृत्युु

वीरगन्ज,२३कात्तिक: पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा शरिरमा आगाेले पाेलेर घाइते भएका ८ वर्षीय बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा मधुनबनीका रामगुलाम सहनीका छाेरा ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन्।

स्थानीयले दिएको जानकारी अनुसार साेमबार बिहान करिब ८ बजे घर अगाडि नै पटाका पड्काउने क्रममा कुन्दनको छातीमा आगोले पाेलेर गम्भीर घाइते भई बेहोस भएका थिए। तत्कालै उनलाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पताल ल्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुबा सहनीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले भने साेमबार बिहान आफ्नै घर अगाडि पटाका पड्काउने क्रममा बालकको छातीमा पटाकाकाे छर्रा लागेर गम्भीर घाइते भएको र तराई अस्पतालमा उपचारका क्रममा उनकाे मृत्युु भएको जानकारी प्राप्त भएको बताए ।घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।

Related posts

महावीर पुन भन्छन् : सांसद भएपनि किताब बेच्न छाड्दीन,वीरगन्ज कृषि औजार कारखानालाई अझ राम्रो बनाउनु छ

MadhesKhabar

वीरगन्जका पत्रकार जियालाल साहलाई धम्की दिनेहरुलाई कारबाही गर्न पत्रकार महासंघको माग

MadhesKhabar

पर्साका ३ वटा पालिकाले कानुनको धज्जी उडाए :बजेट,नीति तथा कार्यक्रम निर्धारित समयमा ल्याएनन्

MadhesKhabar

Leave a Comment