Madhes Khabar
साहित्य

भोजपुरी प्रतिष्ठान वीरगन्जले नेपाल र भारतका साहित्यकारहरुलाई पुरस्कृत गर्दै

वीरगन्ज,४ वैशाखः वीरगन्जमा शनिबार आयोजना हुन लागेको भोजपुरी प्रतिष्ठानको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

वीरगन्ज महानगरपालिकाद्वारा स्थापित भोजपुरी प्रतिष्ठान वीरगन्जले भोजपुरी भाषा, साहित्य, कला तथाा संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यका साथ शनिबार वीरगन्जमा पुरस्कार र सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो ।
उक्त कार्यक्रममा गोपाल अश्कको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले पण्डित दीपनारायण मिश्रलाई अन्तराष्ट्रीय पुरस्कार–२०८२ भारतको राँची (झारखंड) निवासी साहित्यकार कनक किशोरलाई दिने निर्णय गरेको छ ।

यस्तै उमाशंकर द्विवेदी राष्ट्रिय पुरस्कार २०८२ बाराको कलैया उपमहानगरपालिका निवासी साहित्यकार राम प्रसाद साहलाई , भोजपुरी राष्ट्रिय प्रतिभा पुरस्कार २०८२ डा. शशीभूषण बर्णवाल, मोतीउर रहमान , विकम साह , प्रतिमा चौधरी, गणेश परियार , लालमुनी देवी र रोशन कुमार कलवारलाई दिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

Related posts

वीरगन्ज महानगरमा ७५ प्रतिशत मतदान, मतगणना शनिबार देखि हुने

MadhesKhabar

वीरगन्जमा आयोजित ‘मधेस साहित्य महोत्सव’ मा देशभरका साहित्यकार र सर्जकहरुको जमघट

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment