Madhes Khabar
स्थानिय हेडलाइन

पर्साका ३ वटा पालिकामा खटिए नयाँ प्रमुख प्रशासकीय अधिकृत

वीरगन्ज,४ वैशाख : पर्सा जिल्लाका तीन वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्साको पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका र कालिकामाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको हो।

मन्त्रालयले गृह मन्त्रालयमा कार्यरत उपसचिव शेखर पौडेललाई पोखरिया नगरपालिकामा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत उपसचिव रमेश अधिकारीलाई बहुदरमाई नगरपालिकामा र कालिकामाई गाउँपालिकामा केशव कुमार अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतमा पठाएको हो ।

मन्त्रालयले गत चैत ३० गतेको निर्णयअनुसार २१ जना उपसचिव र ६ जना शाखा अधिकृतको एकैपटक सरुवा गरेकोमा पर्साका तीन पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

Related posts

आपसी भाइचारा बढाउन वीरगन्ज महानगरकाे आयाेजनामा संयुक्त इफ्तारी सम्पन्न

MadhesKhabar

पूर्व वडाध्यक्ष अहिर एमालेमा दुई दिन पनि टिकेनन् , फेरि काँग्रेसमै फर्किए

MadhesKhabar

दशैंमा वीरगन्जको व्यपार सुनसान , रक्सौलको बजार गुल्जार

MadhesKhabar

Leave a Comment