Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

भगवान रामको मुर्ती बनाउन अयोध्या लैजान लागिएको शीलाको पूर्वमन्त्री यादवले गरे क्षमापूजा

मधेसखबर
वीरगन्ज, १४ माघ : भगवान रामको जन्मभूमि भारतको अयोध्यामा निर्माण हुनलागेको राम मन्दिरमा बन्ने राम मूर्तिका लागि प्रयोग हुने नेपालको कालीगण्डकी नदिको शिलाको पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले क्षमापूजा गरेका छन् ।

म्याग्दी जिल्लाको बेनीस्थित कालीगण्डकी नदी किनारबाट उत्खनन गरिएको हजारौं वर्ष पूरानो शिला विभिन्न शहर हुँदै भारतको अयोध्या लैजाने क्रममा शनिबार पथलैया पुगेको बेला पूर्वमन्त्री यादवले शिलाको क्षमापूजा र गङ्गा पूजन गरेका हुन् ।

क्षमापूजाका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद् यादवसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ता , पूर्व अध्यक्ष एंव नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद्य लगायत पनि पुगेका थिए ।

शिलाको पूजा गर्दै पूर्वमन्त्री यादवले परापूर्वक कालदेखि नेपाल र भारतसँगको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको बताउँदै भने, ‘यहाँको शिला लगेर मूर्ति बनाउँदा यो सम्बन्ध थप प्रगाढ हुन्छ र नेपालको कालीगण्डकीको महत्व अझै उजागर हुन्छ र बढ्छ ।’

 

 

Related posts

वीरगन्जकाे घडीअर्वा पाेखरी छठघाटमा चैती छठकाे राैनक (फाेटाे फिचर)

MadhesKhabar

बारा: कांग्रेस सभापतिको ह्वीप लत्याउँदै अधिकांश महाधिवेशन प्रतिनिधिहरु काठमाडौं प्रस्थान

MadhesKhabar

आरती साहकाे न्यायका लागि वीरगन्जमा जनमत पार्टीका युवाहरुकाे प्रदर्शन

MadhesKhabar

Leave a Comment