Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा लामखुट्टेको प्रकोप बढेपछि विषादी छर्कने महानगरको तयारी, तपाईको वडामा कहिले ?

फाइल तस्बिर ।

वीरगन्ज,५कात्तिक :वीरगन्जमा केहि दिन यता फेरि लामखुट्टेको प्रकोप बढेको जनगुनासो आएपछि वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने तयारी गरेको छ।यहि कात्तिक महिनाको ६ गतेदेख अर्थात बिहीबारदेखि महानगरका वडा–वडामा लामखुट्टेनियन्त्रणका लागि विषादी छर्न सुरु गरिने महानगरपालिकाको सरफाई व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले बताए ।

लामखुट्टेको प्रकोप र त्यसबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण नियन्त्रणका लागि कात्तिक ६गतेदेखि लामखुट्टे मार्ने विषादी छर्ने काम सुरु गरिने मियाँले बताए । महानगरका मेयर राजेशमान सिंहको निर्देशन अनुसार लामखुट्टेको लार्भा मार्नका लागि नालामा लामखुट्टे मार्नका लागि विषादी छर्ने तयारी गरिएको उनले बताए ।

गर्मी सकिएर अब जाडो मौसमको सुरुवातमा लामखुट्टेको प्रकोप बढ्ने भएकाले त्यसलाई नियन्त्रणका लागि महानगरले हरेक वडामा दैनिक तालिका बनाएरै र ’पम्प स्प्रे गरिने उनले बताए ।वीरगन्जका मेयर सिंहले नगरवासीलाई लामखुट्टेको प्रकोपबाट बचाउन दैनिक तालिका बनाएर हरेक वडामा विषादी छर्ने व्यवस्था मिलाउन निर्देशन दिएको र त्यही अनुरुप कात्तिक ६गतेदेखि काम सुरु गरिने उनले बताए ।

विषादी छर्ने अभियान मंसिर ३ गतेसम्म चल्ने मियाँले जानकारी दिए ।चिसो र गर्मी मौसम शुरु हुँदै गर्दा वीरगन्जमा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेका लामखुट्टे नियन्त्रण गर्न महानगरले विषादी छकर्ने अभियान सञ्चालन गर्दै आएको छ ।

Related posts

पर्सा, बारा सहितका जिल्लाबाट नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिक पक्राउ

MadhesKhabar

पर्सामा कुष्ठ रोगका बिरामी सबै भन्दा बढि वीरगन्ज महानगरमा

MadhesKhabar

बृत्तचित्र प्रर्दशन तथा छलफल कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment