Madhes Khabar
शिक्षा हेडलाइन

सीए पढ्न अब काठमाडौं जानु पर्दैन, वीरगन्जमै खुल्यो ‘गुरुकुल सीए कलेज’

वीरगन्ज,७माघःवीरगन्जमा चार्टड एकाउन्टेन्ट (सीए) पढ्न इच्छुक विद्यार्थीहरुका लागि गुरुकुल सीए कलेज (गुरुकुल कमर्श एकेडेमी )सञ्चालनमा आएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १३ श्रीपुरमा गुरुकुल सीए कलेज बुधबारदेखि सञ्चालनमा आएको हो ।

गुरुकुल सीए कलेजको छैठौं शाखा वीरगन्जमा बुधबारदेखि सञ्चालनमा ल्याइएको गुरुकुल सीए कलेजका संस्थापक निर्देशक मुकुल भट्टले बताए । उनका अनुसार, यसअघि काठमाडौंका दुई स्थान बागबजार र नयाँ बानेश्वर, चितवनको भरतपुर, मोरङको विराटनगर र रुपन्देहीको तिलोत्तमामा यस कलेजको शाखा सञ्चालनमा छ ।

नेपालमा चार्टड एकाउन्टेन्ट पढ्ने विद्यार्थीहरुको पहिलो रोजाईमा पर्न सफल गुरुकुल सीए कलेज आइक्यानबाट मान्यता प्राप्त शिक्षण संस्था रहेको भट्टले बताए ।सीए पढ्न काठमाडौं वा भारतका अन्य शहरमा जान नसक्ने पर्सा,बारा, रौतहट लगायतका जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी वीरगन्जमा गुरुकुल सीए कलेजले आफ्नो शाखा विस्तार गरेको उनले बताए ।

सीएको पयाकेज अध्ययनका लागि ४ लाख ५० हजार रुपैयाँ शुल्क कलेजले तोकेको भन्दै उनले भने,‘ पर्सा,बारा, रौतहटका विद्यार्थीहरु जो सीए पढ्न इच्छुक हुन्छ्न्, तर आर्थिक अवस्था वा अन्य कारणले काठमाडौं वा भारतका शहरमा जान सक्षम हुदैनन्, तीनै विद्यार्थीहरुलाई लक्षित गरेर वीरगन्जमा कलेजको शाखा विस्तार गरि सञ्चालनमा ल्याएका हौं ।’

गुरुकुल सीए कलेजमा दक्ष तथा अनुभवी शिक्षकहरुका साथै अनुभवी र विद्यार्थीमैत्री व्यवस्थापन कार्यरत रहेकोपनि उनले जानकारी दिए ।

 

Related posts

वीरगन्जमा बालेन शाहको ‘रोड शो’ मा जेनजीहरुले लगाए नारा : ‘ अबकि बार, बालेन सरकार ’

MadhesKhabar

सुर्य भगवान र छठी माताकाे पूजा अर्चना गरी आज छठ पर्व मनाइदैं

MadhesKhabar

तिलावे पुलको भत्किएको एप्रोच सडक मर्मतका लागि कांग्रेस र नेविसंघको पहल

MadhesKhabar

Leave a Comment