Madhes Khabar
स्थानिय हेडलाइन

कारोबार नगरी निस्कृय रहेका सबै सहकारी संस्थाहरु खारेज गर्दै वीरगन्ज महानगर (सूचीसहित)

वीरगन्ज,२५ वैशाख : वीरगन्ज महानगरपालिकाले लामो समयदेखि कारोबार नगरी निस्कृय रहेका करिब ९० वटा सहकारी संस्थाहरु खारेज गर्ने प्रकृया अगाडि बढाएको छ ।

वीरगन्ज महानगरका विभिन्न वडाहरुमा रहेका ८८ वटा सहकारी संस्थाहरु लामो समयदेखि कारोबार नगरी निस्कृय रहेका कारण ती सबै सहकारी संस्थाहरु खारेज गर्ने प्रकृया महानगरपालिकाले अगाडि बढाएको हो ।

शुक्रबार वीरगन्ज महानगरपालिकाको आर्थिक विकास महाशाखाले एक सूचना जारी गर्दै लामो समयदेखि कारोबार नगरी निष्क्रिय रहेका, सहकारी ऐन, नियमावली बमोजिम बुझाउनु पर्ने मासिक प्रगति प्रतिवेदन, वार्षिक साधारण सभाको निर्णय प्रतिलिपी, वार्षिक लेखा परिक्षण प्रतिवेदन, तथा कोपोमिसमा प्रविष्टि समेत नगरी पूर्ण रुपमा सम्पर्क विहिन अवस्थामा रहेको सहकारी संस्थाहरुको दर्ता खारेज गरिने जनाएको छ ।

ती सहकारी संस्थाहरुलाई वीरगन्ज महानगरपालिकाको सहकारी ऐन, २०७४ को दफा ६६ उपदफा ३ बमोजिम कारवाही गर्न आवश्यक देखिएको र त्यही ऐनको दफा ६६ को उपदफा ४ बमोजिम सुनुवाईको लागि ३५ दिने सूचना प्रकाशन गरिएको महानगरपालिकाको प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिल कुमार कर्णले बताए । सूचना जारी भएको मितिले ३५ दिनभित्र महानगरपालिकाको सम्पर्कमा नआउने सहकारी संस्थाहरुको दर्ता खारेज गरिने समेत उनले बताए ।

 

Related posts

वीरगन्जमा ४० लाखको सामान सहित ट्रक र ट्याक्टर पक्राउ

MadhesKhabar

जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता पाउनु पर्छ : ओली

MadhesKhabar

वीरगन्जमा गैरसरकारी संस्थाहरूको सहयोगमा ‘डिजिटल भौचर’ बाट निःशुल्क पानी वितरण

MadhesKhabar

Leave a Comment