Madhes Khabar
खेलकुद हेडलाइन

मधेस प्रदेशस्तरीय छनाैट क्रिकेटमा पर्सा विजयी

वीरगन्ज,२७असाेज:मधेस प्रदेश स्तरीय अण्डर-१९ क्रिकेट छनाैट प्रतियाेगिताकाे आफ्नाे पहिलाे खेलमा पर्सा विजयी भएकाे छ।बाराको कलैयामा जारी प्रतियोगितामा आइतबार भएकाे खेलमा पर्साले सिरहालाई ५ विकेटले पराजित गरेकाे हाे।

सिरहाले दिएकाे १०१ रनकाे लक्ष्य पर्साले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्याे ।उसका लागि शेख इमरानले ३८ ,अनुज चाैहानले २२ र सफवान अलीले अविजित १८ रन बनाए।

बलिङतर्फ सिरहाका लागि अफरुदिन रैनले ३ तथा नुमाद अहमद र जय दासले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे सिरहाले ३७.३ ओभरमा अलआउट हुदै १०० रनमात्र बनाएको थियाे ।उसका लागि शैलेन्द्र साहले ५४ र कमरुदिन सिद्धिकीले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दाेहाराे अंक छुन सकेनन् ।

बलिङतर्फ पर्साका लागि रन्जित कुमार एक्लैले ५ विकेट लिए भने चन्दन राम,अरबाज अन्सारी,अनुज चाैहान र साेनु कुशवाहाले समान १/१ विकेट लिए ।

मधेस प्रदेश क्रिकेट संघले आयाेजना गरेकाे प्रतियोगितामा प्रदेशका ८ वटै जिल्लाकाे टिम सहभागी छन्।असाेज १९ देखि सुरु प्रतियोगिता असाेज २९ गतेसम्म चल्ने पर्सा क्रिकेट संघका प्रशिक्षक प्रकाश शर्माले जानकारी दिए।

Related posts

नागरिकताको विषय टुङ्गो नलगाइए आन्दोलनमा उत्रिने पूर्वमन्त्री यादवको चेतावनी

MadhesKhabar

ठाकुरराम क्याम्पसमा आजगनी भएपछि स्ववियु निर्वाचन प्रकृया स्थगीत

MadhesKhabar

१६ जिल्लामा मलको आपूर्ति ठप्प

MadhesKhabar

Leave a Comment