Madhes Khabar
राष्ट्रिय

आईजीपीमा पुनर्बहालीकाे माग गर्दै दानबहादुर कार्की पुगे सर्वोच्च अदालत

काठमाडौं,१९कात्तिक :सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै बिहीबार सर्वोच्च अदालत पुगेका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकार पद लिन अस्वीकार गरेका छन्।

बुधबार सरकारले आफूलाई आईजीपीबाट हटाएर डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुख अर्थात प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेपछि कार्कीले त्यसविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्।

कार्कीकानिकट अधिवक्ता टीकाबहादुर कुँवरले उनको रिट सर्वोच्च अदालत पुगेको पुष्टि गरेका छन्। अदालत प्रशासनका अनुसार रिट दर्ता प्रक्रियामा रहेको छ।

Related posts

बहुदरमाइ नगरपालिकाको मेयरमा जसपा र उपमेयरमा एमाले विजयी

MadhesKhabar

झ्याप्लेखोला पहिरोको अपडेट : पहिरोमा पुरिएका ३ वटा गाडीबाट अहिलेसम्म ३० जनाको शव फेला

MadhesKhabar

सरकारबाट बाहिरिने मुडमा सिके राउत

MadhesKhabar

Leave a Comment