Madhes Khabar
राष्ट्रिय

सरकारबाट बाहिरिने मुडमा सिके राउत

काठमाडौं ,०५ माघ :सत्तारूढ घटक जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारबाट बाहिरने तरखरमा पुगेको छ।

आफूले भनेको मन्त्रालय नपाएको जनमत पार्टीका अध्यक्ष सिके राउतले मन्त्री बनेका अब्दुल खानलाई राजीनामा दिन तयार हुन भनेका छन्।

राउत नेतृत्वको जनमत पार्टीले कृषि वा उद्योगमध्ये एक मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ।

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको जनमत अर्को दिन आफ्ना सांसद खानलाई मन्त्री बनाएर सरकारमा सहभागी भएको थियो।

लामो समय बिनाविभागीय मन्त्री बनेका खानलाई मंगलबार मन्त्रिपरिषद् विस्तार हुँदा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

आफूले पाएको मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै मन्त्री खान अहिलेसम्म पदभार गर्न सिंहदरबार गएका छैनन्।

पहिलाको सम्झौताअनुसार मन्त्रालय नपाएपछि अध्यक्ष सिके राउतले बुधबार मन्त्री खानलाई राजीनामा दिन बालुवाटार पठाएका थिए।

‘सहमति कार्यान्वयन नभए राजीनामा दिन भनेको हो,’ राउतले बिहीबार भने, ‘प्रधानमन्त्रीले विचार गर्नुस् न एक-दुई दिन भन्नुभयो। हामी वेट एन्ड सीमा छौं।’

यसअघि बुधबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै राउतले आफ्नो पार्टीलाई मात्र नभई मधेसका अरू दललाई पनि शासक वर्गले बुलडोज गरेको आरोप लगाएका थिए।

उनले लेखेका थिए: कुरा केवल जनमत पार्टीको होइन, जसपा/लोसपा/जनमत/नाउपा सबैलाई पाखा लगाउँदै शासक वर्गले बूलडोज गरेको हो। चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, ‘यो देश तिम्रो होइन’ भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्। मधेशले यसको प्रतिकार गर्नेछ।

प्रतिनिधि सभा जनमत पार्टीका ६ सांसद छन्।साभार:सेताेपाटी

Related posts

बैंक खाता खोल्न र लाइसेन्स लिन पनि राष्ट्रिय परिचय पत्र अनिवार्य

MadhesKhabar

रविले प्रचण्डलाई भने- आज साँझसम्म गृह मन्त्रालय नपाए सरकार छाड्छौं

MadhesKhabar

मधेसमा भइरहेका साम्प्रदायिक घटनाबारे सरकारले नयाँ निर्णय लिन सक्छ : गृहमन्त्री श्रेष्ठ

MadhesKhabar

Leave a Comment