Madhes Khabar
राष्ट्रिय

सरकारबाट बाहिरिने मुडमा सिके राउत

काठमाडौं ,०५ माघ :सत्तारूढ घटक जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारबाट बाहिरने तरखरमा पुगेको छ।

आफूले भनेको मन्त्रालय नपाएको जनमत पार्टीका अध्यक्ष सिके राउतले मन्त्री बनेका अब्दुल खानलाई राजीनामा दिन तयार हुन भनेका छन्।

राउत नेतृत्वको जनमत पार्टीले कृषि वा उद्योगमध्ये एक मन्त्रालय आफूले पाउनुपर्ने माग गरेको छ।

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको जनमत अर्को दिन आफ्ना सांसद खानलाई मन्त्री बनाएर सरकारमा सहभागी भएको थियो।

लामो समय बिनाविभागीय मन्त्री बनेका खानलाई मंगलबार मन्त्रिपरिषद् विस्तार हुँदा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

आफूले पाएको मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै मन्त्री खान अहिलेसम्म पदभार गर्न सिंहदरबार गएका छैनन्।

पहिलाको सम्झौताअनुसार मन्त्रालय नपाएपछि अध्यक्ष सिके राउतले बुधबार मन्त्री खानलाई राजीनामा दिन बालुवाटार पठाएका थिए।

‘सहमति कार्यान्वयन नभए राजीनामा दिन भनेको हो,’ राउतले बिहीबार भने, ‘प्रधानमन्त्रीले विचार गर्नुस् न एक-दुई दिन भन्नुभयो। हामी वेट एन्ड सीमा छौं।’

यसअघि बुधबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै राउतले आफ्नो पार्टीलाई मात्र नभई मधेसका अरू दललाई पनि शासक वर्गले बुलडोज गरेको आरोप लगाएका थिए।

उनले लेखेका थिए: कुरा केवल जनमत पार्टीको होइन, जसपा/लोसपा/जनमत/नाउपा सबैलाई पाखा लगाउँदै शासक वर्गले बूलडोज गरेको हो। चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, ‘यो देश तिम्रो होइन’ भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्। मधेशले यसको प्रतिकार गर्नेछ।

प्रतिनिधि सभा जनमत पार्टीका ६ सांसद छन्।साभार:सेताेपाटी

Related posts

महिला ट्राफिक प्रहरीले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु नपर्ने गृहमन्त्री लामिछानेको घोषणा

MadhesKhabar

शेखर कोइराला भन्छन् –काँग्रेसले टिकट बेच्यो , कार्यकर्ताले पार्टी छाड्न थाले

MadhesKhabar

जनयुद्ध दिवसमा दिएको बिदा खारेज गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन

MadhesKhabar

Leave a Comment