वीरगन्ज,२३कात्तिकः पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिपरडारीमा दीपावलीका राति (आइतबार) एक घरमा आगलागी हुदाँ लाखौंको क्षति भएको छ । आइतबार राति स्थानीय कमलेश साहको फुसको घरमा विजुलीको तार सर्ट भएर आगलागी हुदाँ घरसंगै घरभित्र रहेका काठ र प्लष्टिकका फर्निचर, साइकल, टेण्टका सामान, खाद्यान्न लगायतका सामान जलेर नष्ट भएको हो ।
आइतबारराति घरका मान्छेहरु लक्ष्मीपूजामा व्यस्त रहेका बेला घरमा आगो लागेको थियो । आगलागीबाट अन्दाजी ७ लाख रुपैयाँ बराबरको मालसामान जलेर नष्ट भएको पीडित साहले बताए ।
यसैबीच जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले साेमबार बिहानै घटनास्थलमा पुगेर आगलागी पीडित साहका परिवारसँग भेट गरेका छन्।आगलागीस्थलकाे समेत निरीक्षण गर्दै अध्यक्ष यादवले तत्कालका लागि आवश्यक राहत उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए ।

