Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जकाे अठराहाँमा दादुरा राेगकाे प्रकाेप

वीरगन्ज ,२०असार: वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठरहाँ गाँउमा दादुरा ठेउला रोगकाे प्रकाेप देखा परेको छ ।

अठराहाँ गाँउका २५ भन्दा बढीमा दादुरा ठेउला राेग देखा परेकाे स्वास्थ चाैकी सुगाैली विर्ताका ईन्चार्ज रामकुमार यादवले जानकारी दिए ।

उनले भने, एकै परिवारका ४ देखी ५ जना सम्ममा याे रोग देखा परेकाे छ ।स्वास्थ चाैकीमा दैनिक ५/६ जना दादुराका बिरामी उपचारका लागि आइरहेकाेपनि उनले बताए ।

यादवका अनुसार, अठराहामै यसअघि गत पुष र माघ महिनामा पनि दादुराकाे प्रकाेप फैलिएको थियाे । त्यसपछि अहिले आएर फेरि २५ भन्दा बढी व्याक्तिमा दादुराकाे प्रकाेप देखिएकाे स्वास्थ्यकर्मी श्रवण कुमारले बताए ।

अठाराहाँमा दादुराकाे प्रकाेप फैलिएको खबर पाएपछि मंगलबार स्वास्थ्य कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाकाे स्वास्थ्यकर्मीहरुकाे जानकारी टोलीले गाँउमै पुगेर अनुगमन गरेकाे छ ।

अनुगमनका क्रममा स्वास्थ्यकर्मीकाे टाेलीले स्थानीयकाे स्वास्थ्य परिक्षण गर्दा दादुरा राेग नै पुष्टि भएकाे स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमाेद ठाकुरले बताए ।

टाेलीमा नारायणी अस्पतालका चर्म राेग विभागका डा. रोहित गुप्ता, वीरगन्ज महानगरकापालिकाकाे स्वास्थ्य महाशाखाका प्रमुख रितेश जयसवाल, स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरको सहभागीता थियाे ।

दादुराकाे प्रकाेप फ‌लिरहेकाे अवस्था रहेकाले त्यसलाई नियन्त्रण गर्न अठराहाँ गाँउमै स्वास्थ्य शिविर चलाउने तयारी भईरहेकाे जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए ।

Related posts

वीरगन्जमा सुरक्षित गर्भपतन बारे सचेतना जगाउन आवश्यक

MadhesKhabar

औंलो रोगको उच्च जोखिममा वीरगन्ज महानगर

MadhesKhabar

ठाकुरराम क्याम्पसमा बल्ल सुचारू भयाे मतगणना

MadhesKhabar

Leave a Comment