Madhes Khabar
स्थानिय हेडलाइन

लामखुट्टे नियन्त्रणका लागि वीरगन्जमा औषधी छर्न सुरु

वीरगन्ज,११फागुन:वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ र ‘पम्प स्प्रे’ बाट औषधी छर्न सुरु गरेको छ ।

गर्मी मौसम सुरु हुन लागेकाले लामखुट्टे नियन्त्रणका लागि महानगरले ‘एयर र पम्प स्प्रे’ बाट औषधी छर्ने काम सुरु गरेको हो ।

महानगरको सरसफाइ व्यवस्थापन शाखा अधिकृत सर्फुदिन मियाँले बुधबारबाट तालिका नै बनाएर ३२ वटै वडामा ‘एयर र पम्प’ दुबै तरिकाबाट औषधी छर्ने काम सुरु भएको जानकारी दिए।

बुधबार पहिलो दिन महानगरपालिकाको वडा नं. १, २ र ३ मा ‘एयर र पम्म’ दुबै माध्यमबाट औषधी छरिएको र वडा नम्बर ४ मा पम्प स्प्रेबाट लामखुट्टेको औषधी छर्ने काम भएको उनले जानकारी दिए ।

फगिङ्ग मेसिनबाट रोड तथा नालामा एयर स्प्रे र फगिङ्ग मेसिन पुग्न नसक्ने भित्री नालाहरुमा पम्प स्प्रेबाट औषधी छरिएको हो ।

बिहान १० बजेदेखी नै पम्प स्प्रेबाट नाला तथा पानी जमेका स्थानको खोजी गर्दै लामखुट्टे मार्ने औषधी छर्कन जनशक्ति परिचालन गरिएको सरसफाई अधिकृत मियाँले जानकारी दिए।

फगिङ्ग मेसिनबाट ‘एयर स्प्रे’ गर्न भने बेलुका ५ बजेपछि सुरु भएको पनि उनले बताए।

बुधबारबाट सुरु भएको लामखुट्टे मार्ने औषधी छर्ने काम चैत ६ गते सम्म चल्ने छ ।

लामखुट्टेको लार्भा मार्न बिहान र दिउसोको समयमा ३ राउण्ड पम्प स्प्रे गर्ने र वयस्क लामखुट्टे मार्न बेलुकाको समयमा फगिङ्ग मेसिन पार्फत २ राउण्ड ‘एयर स्प्रे’ गर्ने तालिका महानगरले सार्बजनिक गरेको छ ।

चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा वीरगन्जमा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकोलाई नियन्त्रण गर्न वीरगन्ज महानगरपालिकाले वर्षमा दुईपटक औषधि छर्ने गरेको छ ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन महानगरका ३२ वटै वडामा ‘एयर स्प्रे’ र ‘पम्प स्प्रे’ सुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

Related posts

ठोरीमा बाघकाे आतंक : गोठमै पसेर आधा दर्जन बढि चाैपाया मार्याे

MadhesKhabar

सिट भागबन्डामा पर्सा बारे कुनै सहमति भएको छैन : काँग्रेस सभापति क्षेत्री

MadhesKhabar

वीरगंजमा जसपा छाडेर सयौं नेता–कार्यकर्ता प्रदीप यादवको नेतृत्वमा एमालेमा प्रवेश

MadhesKhabar

Leave a Comment