Madhes Khabar
मनोरञ्जन

वीरगन्जका पत्रकार पटेलकाे स्वरमा सजिएकाे छठीमाईको भोजपुरी गीत सार्वजनिक

वीरगन्ज, ९ कार्तिक:वीरगन्जका पत्रकार मनोज पटेलको शब्द र स्वरमा तयार गरिएको छठीमाईको भोजपुरी गीत सार्वजनिक गरिएको छ। गीत नेपाल पोस्ट मिडिया प्रा.लि.को युट्युब च्यानल “नेपाल पोस्ट डेली” मार्फत शनिबार साँझ सार्वजनिक गरिएको हो।

 

म्युजिक भिडियोका निर्देशक तथा नेपाल पोस्ट मिडिया प्रालि.का प्रबन्ध निर्देशक सन्तोष साहका अनुसार पत्रकार पटेलले गीतका शब्द लेख्नुका साथै स्वर पनि स्वयम् दिएका छन्। उनले गीत सुमधुर बनेको र दर्शक-श्रोता बीच राम्रो प्रतिक्रिया पाइरहेको जानकारी दिए।

गीतको म्युजिक भिडियो वीरगन्जको घडिअर्वा पोखरी र कलैयास्थित सिदेश्वर माध्यमिक विद्यालय परिसरको पोखरी (छठी घाट) लगायतका स्थानमा छायांकन गरिएको छ।

पत्रकारितासँगै गायनमा पनि रुचि राख्ने पत्रकार पटेलले गीत सार्वजनिक भएको केही घण्टामै सामाजिक सञ्जालमा उल्लेखनीय प्रतिक्रिया पाइरहेको बताए। गीतमा विशेष गरी सूर्य देवलाई छठी व्रती महिलाहरूको तर्फबाट छिटो उदाउन अनुरोध गरिएको सन्देश प्रस्तुत गरिएको छ।

म्युजिक भिडियोमा पत्रकार बिनोद पटेल, बबिता पटेल, सन्ध्या साह, अमिता पटेल, र मनोज पटेल स्वयंले अभिनय गरेका छन्। भिडियो नेपाल पोस्ट मिडिया प्रा।लिका अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा पनि हेर्न सकिनेछ।

गीत हेरेपछि नेपाल पत्रकार महासंघ पर्साका उपाअध्यक्ष भुषण यादवले पत्रकारहरूले तयार पारेको छठीमाताको गीत र म्युजिक भिडियो अत्यन्त मनपरेको प्रतिक्रिया दिएका छन्।

Related posts

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

‘पठान’लाई नेपालमा पहिलो साता ६ करोड

MadhesKhabar

नेपाली फिल्म `पूर्णबहादुरको सारंगी’ले १७ दिनमै कमायो ३४ करोड ३६ लाख

MadhesKhabar

Leave a Comment