Madhes Khabar
मनोरञ्जन

मिस नेपालकाे वीरगन्ज अडिसनमा ७ जना मात्रै सहभागी

वीरगन्ज ,५फागुन: मिस नेपाल–२०२३ प्रतियोगिताको वीरगन्ज अडिसनमा ७ जनाले अडिसन दिएका छन् । शुक्रबार यहाँस्थित होटेल भिष्वामा आयोजित अडिसनमा ७ जना सहभागी रहेको आयोजक द हिडेन ट्रेजरका प्रमोद कंसारकारले जानकारी दिए ।

अडिसन दिनेहरुमा १९ देखि २२ वर्ष उमेर समूहका युवतीहरु रहेका छन् । अडिसनको अन्तिम नतिजा पछि सार्वजनिक गरिने र वीरगन्ज अडिसनबाट छनोटमा परेकाहरुले काठमाडौंमा अडिसन दिनु नपर्ने पनि उनले बताए ।

आशा गरेअनुरुप वीरगन्ज अडिसनमा सहभागिता भने कम रहेको उनले बताए । ‘वीरगन्जले पहिलो मिस नेपाल रुबी राणा र त्यसपछि अर्को मिस नेपालको रुपमा उषा खड्गी दिएको छ, यहाँका युवतीहरूमा झनै बढी अडिसनप्रति उत्साह हुनुपर्ने हो,’ उनले भने, ‘तर हाम्रो आशाविपरीत यहा त्यो उत्साह केही कम देखियो ।’

यस वर्षसमेत निरन्तर ४ बर्ष वीरगन्जमा मिस नेपालको अडिसन लिइएको उनले बताए । यसपछि सोमबार पोखरा र त्यसपछि धनगढी, नेपालजगन्ज र सुर्खेतमा अडिसन लिइने उनले बताए

वीरगन्जकाे अडिसनमा सहभागी भएकाहरुलाई बिहीबार अभिमुखिकरण र प्रोत्साहनका लागि बिहीबार साँझ मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्कासँग डिनरको व्यवस्था गरिएको कंसाकारले बताए ।साभार:कान्तिपुर

Related posts

‘गदर २’ ले ताेड्याे ‘पठान’ काे रेकर्ड , ३ दिनमै कमायाे १३५ कराेड भारु

MadhesKhabar

बाराकी सजना ‘प्रोमिनेन्ट ब्यूटी एक्स्पर्ट अवार्ड ’ बाट इजिप्टमा सम्मानित

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment