वीरगन्ज,१७ असारःबाराकी सजना खतिवडा प्रोमिनेन्ट ब्यूटी एक्स्पर्ट अवार्ड (चर्चित सौन्दर्य विशेषज्ञ पुरस्कार)बाट सम्मानित भएकी छन् । इजिप्टको कायरोमा आयोजित ‘नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२४’ समारोहमा बाराकी सौन्दर्यकर्मी खतिवडालाई चर्चित सौन्दर्य विशेषज्ञ पुरस्कार)बाट सम्मानित गरिएको हो । समारोहमा नेपालका चर्चित गायक धिरज राईलले उक्त अवार्ड खतिवडालाई प्रदान गरेका हुन् ।
प्रत्येक बर्ष सौन्दर्य कला तथा कलाकारीता क्षेत्रका प्रतिभाशाली व्याक्तित्वहरुलाई सम्मानित गर्दै आएको हिमालयन भूमी प्रोडक्शन हाउसले यसपालि इजिप्टको कायरोमा ‘नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट अवार्ढ २०२४’ समारोह आयोजना गरेर प्रतिभाशाली सौन्दर्यकर्मी र कलाकारहरुलाई सम्मानित गरेको हो ।
चर्चित सौन्दर्य विशेषज्ञ पुरस्कारबाट सम्मानित खतिवडा गत बर्षपनि थाइल्याण्डमा आयोजित समारोहमा मस्ट पपुलर मेकअप आर्टिस्ट अवार्डबाट सम्मानित भएकी थिइन् ।बाराको निजगढ निवासी खतिवडा लामो समयदेखि सौन्दर्य क्षेत्रका साथै कलाकारीता र सामाजिक कार्यमा सकृय रहदै आएकी छन् ।