Madhes Khabar
मनोरञ्जन

पकहामैनपुरमा एमालेको गाउँपालिका स्तरीय भेलामा काँग्रेस छाडेर १५० जना प्रवेश

मधेसखबर
वीरगन्ज ,२३ भदाै : पर्साको पकहामैनपुर गाउँपालिकामा बिहीबार नेकपा एमालेको गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ ।

एमालेका गाउँपालिका कमिटी अध्यक्ष अकलेश साहको अध्यक्षता एंव केन्द्रिय सदस्य राजकुमार गुप्ताकाे प्रमुख आतिथ्यतमा सम्पन्न भेलाले विजय चौरसियाको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

त्यस अवसरमा नेपाली कांग्रेस परित्याग गरी १५० जना नेकपा एमालेमा प्रवेश गरेको चौरसियाले बताए । नव प्रबेशीहरुलाई केन्द्रिय सदस्य गुप्ताले अबिर लगाएर पार्टीमा स्वागत गरे ।

भेलामा नेकपा एमालेका जिल्ला अध्यक्ष जय प्रकाश थारु ,प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद , जिल्ला सदस्य तथा गाउँपालिका इन्चार्ज विकास पाण्डे , नेता शिव पटेल , दीनानाथ साह , धामु शर्मा लगायतको उपस्थिति पनि रहेको थियो।

Related posts

भोजपुरी भिडियो एल्बम ‘अपना जिल्लाके हई शेर’ को छायांकन बारामा सुरु, कांग्रेस नेता सिंहले गरे शुभारम्भ

MadhesKhabar

कांग्रेस निकट सांस्कृतिक महासंघ पर्साको अध्यक्षमा कुर्मी चयन

MadhesKhabar

वीरगन्जमा पत्रकार सम्मेलन :भाेजपुरी फिल्म ‘नारी शक्ति’ २६ सेप्टेम्बरमा प्रदर्शन हुने घोषणा

MadhesKhabar

Leave a Comment