Madhes Khabar
मनोरञ्जन

कांग्रेस निकट सांस्कृतिक महासंघ पर्साको अध्यक्षमा कुर्मी चयन

वीरगन्ज,१७चैतःनेपाली कांग्रेस निकट नेपाल सांस्कृतीक महासंघ पर्साको अध्यक्षमा लालबाबु प्रसाद कुर्मी चयन भएका छन् । वीरगन्ज–२४ रामगढवामा अवस्थित कांग्रेसको पार्टी कार्यालयमा आइतबार सम्पन्न महासंघ पर्साको तेश्रो अधिवेशनबाट अध्यक्षमा कुर्मी सर्वसम्मत चयन भएका हुन् । अधिवेशनले कुर्मीको अध्यक्षतामा पाँच सदस्यिय जिल्ला कार्यसमिति चयन गरेको हो।सदस्यमा उपेन्द्र साह,नेहा यादव,जितेन्द्र पटेल मुस्कान लगायतका रहेका छन् ।

महासंघका निवर्तमान जिल्ला अध्यक्ष उमेश गुप्ताको अध्यक्षता तथा कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा महासंघका राष्ट्रिय अध्यक्ष तिर्थ बहादुर थापा, महामन्त्री शीवशंकर रिजाल , काग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे , नेता प्रकाश उपाध्याय, नेपाल शिक्षक संघका संघिय उपाध्यक्ष छोटेलाल प्रसाद साह, प्रदेश उपाध्यक्ष मोहनलाल कुर्मी, महासंघका केन्द्रीय सददस्यहरू राम पुजन ठाकुर ,रिता रिजाल, कांग्रेस नेतृ किरण सरकार,कांग्रेस युवा नेता राकेश यादव लागायतकोपनि सहभागिता थियो ।

Related posts

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

वीरगन्जमा चलचित्र पत्रकार संघ पर्साको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सूर्य विक चयन

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

Leave a Comment