Madhes Khabar
साहित्य

भोजपुरी साहित्यकार गुप्ताले घोषणा गरे ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’

वीरगन्ज,२१माघःलेखक तथा साहित्यकार दिनेश गुप्ताले भोजपुरी साहित्यमा नयाँ प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’ को घोषणा गरेका छन् । भोजपुरी, नेपाली र हिन्दी भाषामा करिब एक दर्जन पुस्तकहरु प्रकाशित गरिसकेका लेखक गुप्ताले भोजपुरी साहित्य क्षेत्रमा सक्रिय लेखक र कविहरूलाई प्रेरित गर्न ‘दिनेश गुप्ता प्रतिभा पुरस्कार’ दिने घोषणा गरेका हुन् ।

गुप्ताले भने,‘साहित्यले मलाई जसरी पहिचान दिएको छ त्यसको ऋण तिर्न यो सानो प्रयास गरेको छ। मेरो तर्फबाट भोजपुरी साहित्यमा योगदानका रुपमा लिएको छु।’

पुरस्कार प्रदान गरिने व्यक्तिको चयन प्रक्रिया पारदर्शी र निष्पक्ष राख्न विशेष ध्यान दिइएको र विजेताहरूको छनोट तीन सदस्यीय साहित्यिक विद्वानहरूको टोलीद्वारा गरिने उनले बताए । उनले भने भने,‘चयन केवल लेखनको गहिराइ, नवीनता, सामाजिक सन्देश र संवेदनशीलताका आधारमा हुनेछ।’

पुरस्कारको शुभारम्भ फागुन भित्रै गरिने जानकारी दिदैं उनले यसले भोजपुरी साहित्यमा एउटा नयाँ ऊर्जा थप्ने विश्वास लिएको बताए ।

Related posts

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेदीको निधन

MadhesKhabar

वीरगन्जमा भानु जयन्ति : भानुभक्तको शालीकमा मेयर सिंहले गरे माल्यार्पण,स्रष्टाहरु सम्मानित

MadhesKhabar

Leave a Comment