Madhes Khabar
स्थानिय हेडलाइन

बालेन सरकसंग पर्सा-१ का सांसद पन्तकाे प्रश्न : हेटाैडामा २५ गज तर वीरगन्जमा २५ मिटर किन भत्काइयाे ?

काठमाडौं,२९वैशाख:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि पन्त (बुद्धिबहादुर) ले वीरगन्जको मेनराेड विस्तार अन्योलबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबारको संसद् बैठकलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद समेत रहेका पन्तले सडक विस्तार विवादका कारण वीरगन्ज इतिहासकै एउटा कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै सडक विस्तारमा भइरहेको अन्योल चिरेर ठोस निर्णयमा पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद पन्तले भारतबाट आउने सम्पूर्ण मालवाहक गाडीहरू ड्राइपोर्टबाट मात्रै नेपाल प्रवेश गर्ने हुनाले त्यस राजमार्गलाई २५/२५ मिटरभन्दा कम गर्न त्यहाँका जनताबाट आवाज उठेकोले यी सबै अन्योललाई चिरेर एउटा ठोस निर्णयमा पुगी सडक निर्माणलाई युद्धस्तरमा अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानकर्षण गराएका हुन् ।

सडक विस्तारको अन्योलतालाई चिरेर सडक निर्माणलाई युद्धस्तरमा अघि बढाइ वीरगन्जका समग्र उद्योग व्यापारलाई सहज र पूर्ववत रूपमा सञ्चालनमा ल्याउन उनले माग गरे ।

सांसद पन्तले भने, ‘करिब १ महिना अगाडि १४० वर्षभन्दा अघि वीर शमशेरले बसाएको आधुनिक वीरगञ्जको मुख्य बजार बसेको गण्डकदेखि रक्सौलसम्मको सडक दुवै तिरको बजार र घरहरूमा डोजर चलेका छन् । देशलाई कुल राजस्वको ६० प्रतिशत राजस्व दिने वीरगञ्ज बजार अहिले पूर्णरूपमा अस्तव्यस्त र बन्द छ । सडकका दुवैतिर बजार होइन, भत्किएका भवनका अवशेषहरू छन् । एकातिर सोही राजमार्ग अन्तर्गत हेटौंडामा २५-२५ गज मात्रै भत्किएको छ । तर वीरगन्जमा २५ मिटर भत्किएको छ ।’

Related posts

वीरगन्जको बेल्वामा जंगलको काठ बेच्ने चिरान मिलमा छापा : काठसहित २ जना पक्राउ

MadhesKhabar

पर्सामा सवारी दुर्घटना ह्वात्तै बढ्यो : एक वर्षमा ५१ को मृत्यु, ८०४ घाइते

MadhesKhabar

पञ्चवर्षीय गढीमाई मेलाको आय–व्यय सार्वजनिक : सबै खर्च कटाएर करिब २ करोड बचत (विवरणसहित)

MadhesKhabar

Leave a Comment