Madhes Khabar
खेलकुद हेडलाइन

नारायणी रंगशालाकाे मर्मत र स्तराेन्नत्तीका लागि साढे १५ कराेड बजेट विनियोजन

वीरगन्ज,२९जेठ:वीरगन्जमा वर्षाैदेखि जीर्ण अवस्थामा रहेकाे नारायणी रंगशालाकाे मर्मत सम्भार तथा स्तराेन्नत्तीका लागि सरकारले १५ कराेड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेकाे छ।

पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले नारायणी रंगशालाकाे मर्मत सम्भार र स्तराेन्नत्तीका लागि संघ सरकारले आगामी आर्थिक वर्षकाे बजेटमा १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेकाे जानकारी गराएका हुन्।

पन्तका अनुसार, आगामी आर्थिक वर्षकाे बजेटमा नारायणी रंगशालाकाे थप स्तराेन्नत्तीका लागि खेलकुद मन्त्रालयले ७ कराेड ५० लाख र निर्माणाधिन नारायणी बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि ५ कराेड रुपैयाँ रकम विनियोजन गरेकाे छ।यसैगरी नारायणी रंगशालामै फ्लड लाइट जडानसहित थप स्तराेन्नत्तीका लागि भाैतिक पूर्वाधार विकास मन्त्रालयले पनि ३ कराेड रुपैयाँ रकम विनियोजन गरेकाे सांसद पन्तले फेसबुक पाेष्टमार्फत जानकारी गराएका छन् ।

यसअघि चालू आर्थिक वर्षकाे बजेटमा पनि तत्कालीन सरकारले नारायणी रंगशाला र निर्माणाधिन नारायणी बहुउद्देश्यीय कभर्ड हलका लागि ४ कराेड रुपैयाँ विनियाेजन गरेकाे थियाे।

काठमाडौंको दशरथ रंगशालापछिको ठूलो वीरगन्जको नारायणी रंगशाला जीर्णोद्धारको पर्खाइमा बसेको दशकौं बितिसकेकाे छ । २०४२ सालमा निर्माण भएको नारायणी रंगशालालाईको मैदान र प्यारापिट मर्मत सम्भारकाे अभावमा कामै नलाग्ने भएकाे छ।

तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा फुटबल, क्रिकेट र कवर्ड हल निर्माणका लागि खरिद र अधिग्रहण गरिएको थियो ।चार दशकअघि निर्माण भएको नारायणी रंगशालामा तत्कालीन राजा वीरेन्द्र शाहले उद्घाटन मात्र गरेनन् तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासमेत गराएका थिए । तर विस्तारै रंगशालाको मर्मत सम्भारमा न कुनै सरकारले चासो दिए न त कुनै ठूला प्रतियोगिता नै भए ।

नारायणी रंगशालाको दर्शक बस्ने प्यारापिट भत्किएको छ । अन्य संरचना चोरी भएका छन् ।

Related posts

सर्लाहीलाई हराउँदै पर्साकाे कबड्डी टिम फाइनलमा

MadhesKhabar

ठोरीमा पर्यटकीय क्षेत्र बनाउने मधेस सरकारकाे घोषणा अलपत्र

MadhesKhabar

प्रधानमन्त्री ओलीसंगै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अग्रवालपनि चीन प्रस्थान

MadhesKhabar

Leave a Comment