वीरगन्ज,१बैशाख:पर्सा, मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तरगत कबड्डीकाे फाइनलमा प्रवेश गरेको छ।
जनकपुरमा शनिबार भएकाे सेमिफाइनल खेलमा सर्लाहीलाई ४३-१६ अंककाे फराकिलो अन्तरले हराउँदै पर्साले फाइनलमा स्थान बनाएकाे हाे ।
यसअघि शनिबार नै भएकाे आफ्नो पहिलाे खेलमा महाेत्तरीलाई ४७-१६ अंकले हराउँदै पर्साले सेमिफाइनल प्रवेश गरेकाे थियाे।
पर्साले उपाधिका लागि फाइनलमा धनुषासंग प्रतिस्पर्धा गर्नेछ ।पर्सा र धनुषाबिचकाे फाइनल खेल जनकपुरकाे कभर्डहलमा आइतबार हुने पर्साका प्रशिक्षक आकाश पटेलले जानकारी दिए।

