Madhes Khabar
खेलकुद

साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र भारत खेल्दै

काठमाडौं,२० भदौं : १६ वर्षमुनीको साफ च्याम्पियनसीप फुटबलमा बुधबार (आज) नेपाल र भारत खेल्दैछन् । यी दुई बिचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे भुटानको थिम्पुमा शुरु हुनेछ ।

नेपाल, भारत र बंगलादेश तीन टोली सम्मिलित समूह ‘ए’ को पहिलो खेलमा नेपाल बंगलादेशसँग १–० गोलले पराजित भएको थियो भने बंगलादेश भारतसँग १–० गोलले नै हारेको थियो । त्यसैले समूह चरण पार गर्न नेपालले आज भारतलाई जित्नैपर्ने दबाब छ ।

भारतसँग बराबरी वा हारले नेपाल समूह चरणबाटै बाहिरिनेछ । नेपालले भारतलाई हराए तीनवटै टोलीको समान ३ अंक हुनेछ र यस्तोमा हेड टु हेड र गोलअन्तर निर्णायक बन्नेछ ।

भारत साविक विजेता र नेपाल उपविजेता टोली हो । समूह ‘बी’ मा आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान छन् ।

Related posts

पाकिस्तानविरूद्धको जितपछि केशव महाराजको हिन्दुत्वको किन भइरहेको चर्चा ?

MadhesKhabar

अभ्यास खेलमा ओमानविरूद्ध नेपाल ५ विकेटले विजयी

MadhesKhabar

अन्तर्राष्ट्रिय क्रिकेटमा काेहलीले गरे सचिनकाे किर्तिमानसंग बराबरी

MadhesKhabar

Leave a Comment