Madhes Khabar
स्थानिय

बाराकाे एभरेष्ट छाला उद्योगमा ट्रान्सफर्मर पड्किदा घाइते भएका मजदुरको मृत्यु,सडकमा टायर बालेर प्रदर्शन

बारा,२वैशाख: बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीस्थित एभरेष्ट छाला उद्योगमा ट्रान्सफर्मर पड्किदा घाइते भएका मजदुरको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा गम्भीर घाइते भएका पर्साकाे बहुदरमाई नगरपालिका ३ का ४५ वर्षीय चरनजित यादवको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।

यादवको मृत्यु भएसँगै पीडित परिवार तथा स्थानीयले क्षतिपूर्ति माग र दोषीमाथि कारवाही माग गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण पथलैया–वीरगन्ज सडकखण्ड अवरुद्ध बनेको छ ।

बैशाख २२ गते छाला उद्योगमा ट्रान्सफर्मर जडान गर्ने क्रममा पड्किएको थियो । स्थानीयले छाला उद्योग र ट्रान्सफर्मर मर्मत गरिएको कम्पनीमाथि कारवाही हुनुपर्ने माग राखेका छन् । छाला उद्योग र कम्पनीको लापरवाहीले घटना भएको स्थानीयको आरोप छ ।

पीडित परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले घटनाको अनुसन्धानका लागि अनमोल गुरुङ र सोनु यादवलाई नियन्त्रणमा लिएको छ । थप अन्यको समेत खोजी भईरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीले बताए।

Related posts

वीरगन्जका पत्रकार नेहाल खानकाे निधन

MadhesKhabar

वीरगन्जमा अनुमति बिना सञ्चालित दुई संस्थामा महानगरले गर्यो शिलबन्दी

MadhesKhabar

पर्साको ग्रामीण भेगमा अनुचित आर्थिक लाभमा प्रहरी परेपछि तस्करहरुको रजगज

MadhesKhabar

Leave a Comment