Madhes Khabar
स्थानिय

सुकुम्बासीको समस्या समाधानका लागि पून सूचना गर्न भूमी आयोगलाई वीरगन्ज महानगरको आग्रह

वीरगन्ज,१९माघ : वीरगन्ज महानगरपालिकाका वडा अध्यक्ष र वडा सचिवहरुलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिइएको छ ।बुधबार र बिहीबार गरि दुइ सत्रमा गरेर ३२ वटै वडाका वडाध्यक्ष र सचिवहरुलाई भूमि व्यवस्थापनका सम्बन्धमा प्रशिक्षण दिइएको हो ।

राष्ट्रिय भूमि आयोग सेवा केन्द्र वीरगन्ज महानगरपालिकाको आयोजनामा बुधबार र बिहीबार गरी १ देखि ३२ नम्वर वडासम्मका वडाध्यक्ष र सचिवहरुलाई प्रशिक्षण दिइएको हो ।प्रशिक्षणमा कस्ता व्यक्तिलाई भूमिहिन दलित, सुकुम्बासी वा अव्यवस्थित बसोबासीको रुपमा सिफारिस गर्ने भन्ने बारे जानकारी गराइएको थियो ।

भूमि वितरण गर्दा कृषि जग्गा र आवासीय जग्गा मात्रै भूमिहीनलाई वितरण गर्न सिफारिस गर्न पनि प्रशिक्षणमा जनप्रतिनिधिहरुलाई आग्रह गरिएको थियो ।सहभागिहरुलाई नापी कार्यालय वीरगन्जका प्रमुख नारायण श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

बिहीबार महानगरको सभाहलमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले वडास्तरीय सेवा केन्द्र गठन गर्न ढिलाई भइसकेकाले यथाशक्य छिटो केन्द्र गठन गर्न आग्रह गरे ।
अहिले ३२ वटा वडामध्ये २ वटा वडामा मात्रै वडास्तरीय सेवा केन्द्र गठन भएको भन्दै सेवा केन्द्र गठनको काम एक दुई दिनमै सक्ने गरी काम गर्न आह्वान गरे ।

विगतमा निवेदन माग हुँदा कतिपय अझै निवेदन दिन छुटेकाले महानगरले भूमि आयोगलाई पत्र पठाएर पून निवेदनका लागि सूचना निकालिदिन आग्रह गरेको पनि उनले जानकारी दिए ।विगतमा निवेदन माग भएको समयमा महानगरको ६ वटा वडाबाट १ सय ५१ वटा मात्रै निवेदन संकलन भएको छ ।त्यसमध्ये वडा नम्वर १३ को १८ जनाले दिएको निवेदन पूर्ण रहेको र त्यहाँ निस्साको काम गर्न सकिने अवस्थामा पुगेको पनि महानगरले जनाएको छ ।

Related posts

गलत समाचार लेखेर जनतामा भ्रम फैलाउने काम नगर्न पत्रकारहरुसंग वीरगन्जका मेयर सिंहकाे आग्रह

MadhesKhabar

घुस लिने बारा मालपोत कार्यालयका कर्मचारी र बिचौलिया अख्तियारको फन्दामा

MadhesKhabar

पर्सामा जसपाको विरासत भत्काउदै काँग्रेसको सान्दार प्रदर्शन

MadhesKhabar

Leave a Comment