Madhes Khabar
स्थानिय

वीरगन्जको जय माँ किराना स्टाेर्सबाट तस्करीको २३ क्वीन्टल केराउ बरामद

वीरगन्ज,१६असाेज: भारतबाट तस्करी गरी ल्याइएकाे २३ क्वीन्टल केराउ वीरगन्जबाट प्रहरीले बरामद गरेकाे छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रेल्वेराेडमा अजय साहले सञ्चालन गरेकाे जय माँ गल्ला किराना स्टाेर्समा प्रहरीले छापा मारेर २३ क्वीन्टल २५ केजी केराउ बरामद गरेकाे हाे । गाेदाममा अनाधिकृत रुपमा भण्डारण गरेर राखिएको ९३ बाेरा केराउ बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

बरामद केराउकाे बजार मुल्य २ लाख ७९ हजार रुपैयाँ रहृकाे उनले बताए ।बरामद केराउ थप अनुसन्धानका तथा कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

Related posts

स्व. नरेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार सिंहलाई

MadhesKhabar

जेनजी आन्दोलनमा अनिल रुंगटाको घरमा गरिएको आगजनीमा जलेकी महिलाको मृत्यु

MadhesKhabar

वीरगन्जमा अतिक्रमण गरि बनाइएका संरचना हटाउने महानगरको अभियान निरन्तर

MadhesKhabar

Leave a Comment