Madhes Khabar
स्थानिय

वीरगन्जको जय माँ किराना स्टाेर्सबाट तस्करीको २३ क्वीन्टल केराउ बरामद

वीरगन्ज,१६असाेज: भारतबाट तस्करी गरी ल्याइएकाे २३ क्वीन्टल केराउ वीरगन्जबाट प्रहरीले बरामद गरेकाे छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रेल्वेराेडमा अजय साहले सञ्चालन गरेकाे जय माँ गल्ला किराना स्टाेर्समा प्रहरीले छापा मारेर २३ क्वीन्टल २५ केजी केराउ बरामद गरेकाे हाे । गाेदाममा अनाधिकृत रुपमा भण्डारण गरेर राखिएको ९३ बाेरा केराउ बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

बरामद केराउकाे बजार मुल्य २ लाख ७९ हजार रुपैयाँ रहृकाे उनले बताए ।बरामद केराउ थप अनुसन्धानका तथा कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

Related posts

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगभित्रै वीरगन्ज महानगरले आजपनि लगेर थुपारिदियो फोहोर

MadhesKhabar

वीरगन्जका विद्यालयमै पुगेर ट्राफिक नियम सिकाउँदै ट्राफिक प्रहरी

MadhesKhabar

पर्साको पाँडेपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु

MadhesKhabar

Leave a Comment