Madhes Khabar
अन्तर्राष्ट्रिय रोचक दुनियाँ

बन्द रहेको विद्यालयमा महिलाले लगाउने १५० वटा ब्रा फेला परेपछि प्रहरी नै चकित

काठमाडौं,५जेठःलामो समयदेखि बन्द रहेको एक प्राथमिक विद्यालयमा १ सय ५० भन्दा धेरै वटा महिलाले लगाउने भित्री वस्त्र (ब्रा) फेला परेपछि प्रहरी अधिकारीहरु आश्चर्यमा परेका छन् । घटना इण्डोनेशियाको हो ।

इण्डोनेशियाको पूर्वी जाभा प्रान्तस्थित केपोबारु जिल्लास्थित क्राङकोङ प्राथमिक विद्यालयमा ती वस्तु फेला परेको इण्डोनेशियाबाट प्रकाशित हुने कोम्पास अखबारको अनलाइन संस्करणले जनाएको छ । उक्त विद्यालय भवन सन् २०१९ देखि बन्द रहेको जनाइएको छ ।

गाउँको मैदानमा खेलिरहेका साना बालबालिकाले ती वस्तु लगाएपछि अधिकारीहरुले छानबिन गरेका थिए । पछि आइतबार विद्यालयको कक्षाकोठामा विभिन्न रंगका ती वस्तु फेला परेको थियो ।समाचारमा जनाइएअनुसार हादी नाम गरेका व्यक्ति खेतबाट घर फर्किँदै थिए । उनले केटाकेटीले ती वस्तु लगाएर खेलेको देखेका थिए ।

‘खेलिरहेका बेला लगाएका ती वस्तु कहाँबाट आए भनेर प्रश्न सोध्दा केटाकेटीले विद्यालयको कोठामा भेटेको बताएका थिए ।’ केपोबारु प्रहरी प्रमुख इप्तु सुप्रियान्तोलाई उद्धृत गर्दै कोम्पासले लेखेको छ ।

केटाकेटीले जवाफ दिएपछि हादीले सन् २०१९ देखि बन्द रहेको विद्यालय भवन पुगेर निरीक्षण गरेका थिए । सोही विद्यालयको एउटा कक्षाकोठामा सयौँको सङ्ख्यामा ती वस्तु जथाभावी फालिएको अवस्थामा भेटिएको थियो ।

त्यसपछि हादीले ती वस्तु चोरिएको वा अरु कसैको भएको हुनसक्ने ठानेर घटनाबारे गाउँका मुखिया र प्रहरी अधिकारीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्दा बोरामा खाँदेको अवस्थामा अरु पनि ती वस्तु फेला पारेका थिए । प्रहरीका अनुसार त्यहाँ १ सय ५० को संख्यामा ती वस्तु फेला परेका छन् । साभारःखबरहब

Related posts

वीरगन्ज भन्सार क्षेत्रमा बेवारिसे भेटिएको झोला खोलेर हेर्दा साढे ५८ लाखको हिरा र सुन बरामद

MadhesKhabar

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

MadhesKhabar

अमेरिकन डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा

MadhesKhabar

Leave a Comment